२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा थप एक साता निषेधाज्ञा लम्ब्याइयो



अ+ अ-

हेटौंडा । मकवानपुरमा जारी निषेधाज्ञालाई एक साता थप गरिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।  

उक्त निर्णयअनुसार आगामी असार ६ गतेसम्म निषेधाज्ञा जारी रहनेछ । 

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्र मकवानपुरले गत बैशाख १९ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमणको उच्च दरलाई नियन्त्रणका लागि संकट व्यवस्थापन केन्द्र मकवानपुरले जारी गरेको निषेधाज्ञालाई आजको बैठकले केही खुकुलो बनाउने निर्णय पनि गरेको छ ।