• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज बिहान सिंहदरवारमा भएको शीर्ष दुई नेताको भेटमा समसामयिक राजनीतिक,आगामी आर्थिक वर्षको बजेट र भुटानी शरणार्थी प्रकरणबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि बिहीबारको भेटवार्तामा अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढंगले फसाउन खोजिएको त होइन ? भन्ने खालको आशंका व्यक्त गरेका थिए ।

शरणार्थी प्रकरणमा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी हाल फरार छन् । एमाले, कांग्रेसलगायतका शीर्ष नेताहरु भुटानी शरणार्थी प्रकरण मुछिएपछि प्रधानमन्त्रीसँग ओलीको आजको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।