२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः सर्वाधिक सफल टिमहरु मुम्बई र चेन्नई भिड्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स बीच हुँदैछ । यी दुई टोलीबीचको भिडन्त चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक) मा दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

यस्तै, आज दोस्रो खेल दिल्ली क्यापिटल्स र रोयल्स च्यालेन्जर्स बैंगलोरबीच साँझ ७ः४५ बजे दिल्लीको अरुण जेटली स्टेडियममा खेल हुँदैछ । चेन्नई र मुम्बई यो सिजनमा दोस्रो पटक भिड्दैछन् । यसअघिको खेलमा चेन्नईले मुम्बईलाई ७ विकेटले पराजित गरेको थियो ।

चेन्नईले यो सिजन अहिलेसम्म खेलेका १० खेलमा ५ जित र ४ हार बेहोरेको छ । एक खेल भने वर्षाका कारण रद्द भएको थियो । टोलीको ११ अंक छ ।

डेभन कोनवे, मोइन अली, मथिशा पथिराना र महिश तिक्षाना मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक ऋतुराज गायकवाड, अजिंक्य रहाणे र महेन्द्र सिंह धोनी जस्ता भारतीय खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।

मुम्बईले यो सिजन अहिलेसम्म नौ खेल खेलेको छ । जसमा उसले पाँच जित र चार खेलमा हार बेहोरेको छ । एमआईको १० अंक छ । आफ्नो अन्तिम खेलमा मुम्बईले पञ्जाबलाई ६ विकेटले पराजित गरेको थियो ।

चेन्नईविरुद्धको टोलीका ४ विदेशी खेलाडी जेसन बेहरेन्डोर्फ, टिम डेभिड, क्यामरुन ग्रीन र जोफ्रा आर्चर हुन सक्छन् । यी बाहेक सूर्यकुमार यादव, तिलक वर्मा, रोहित शर्मा, इशान किशन र पियुष चावला जस्ता भारतीय खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।

यी दुई टोलीहरू आईपीएलमा सबैभन्दा सफल टोलीहरू हुन् । मुम्बई पाँच पटक र चेन्नई चार पटक च्याम्पियन बनेको छ । यी दुईबीच अहिलेसम्म जम्मा ३५ खेल भइसकेका छन् । जसमा मुम्बईले २० पटक र चेन्नईले १५ पटक जितेको छ ।

चेपौक स्टेडियमको पिचमा स्पिन बलरको वर्चस्व छ, त्यसैले ब्याट्सम्यानले स्पिनरहरूसँग सावधानीपूर्वक खेल्नुपर्छ । जबकि एमए चिदम्बरम स्टेडियमको पिचमा ब्याट्सम्यानलाई रन बनाउन निकै गाह्रो छ ।

शनिबार चेन्नईमा मौसम राम्रो हुनेछैन । बादल लाग्नेछ, वर्षाको सम्भावना छ । तापक्रम २७ देखि ३२ डिग्री सेल्सियसको बीचमा रहनेछ ।