• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

आईपीएलः सर्वाधिक सफल टिमहरु मुम्बई र चेन्नई भिड्दै



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स बीच हुँदैछ । यी दुई टोलीबीचको भिडन्त चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक) मा दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

यस्तै, आज दोस्रो खेल दिल्ली क्यापिटल्स र रोयल्स च्यालेन्जर्स बैंगलोरबीच साँझ ७ः४५ बजे दिल्लीको अरुण जेटली स्टेडियममा खेल हुँदैछ । चेन्नई र मुम्बई यो सिजनमा दोस्रो पटक भिड्दैछन् । यसअघिको खेलमा चेन्नईले मुम्बईलाई ७ विकेटले पराजित गरेको थियो ।

चेन्नईले यो सिजन अहिलेसम्म खेलेका १० खेलमा ५ जित र ४ हार बेहोरेको छ । एक खेल भने वर्षाका कारण रद्द भएको थियो । टोलीको ११ अंक छ ।

डेभन कोनवे, मोइन अली, मथिशा पथिराना र महिश तिक्षाना मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक ऋतुराज गायकवाड, अजिंक्य रहाणे र महेन्द्र सिंह धोनी जस्ता भारतीय खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।

मुम्बईले यो सिजन अहिलेसम्म नौ खेल खेलेको छ । जसमा उसले पाँच जित र चार खेलमा हार बेहोरेको छ । एमआईको १० अंक छ । आफ्नो अन्तिम खेलमा मुम्बईले पञ्जाबलाई ६ विकेटले पराजित गरेको थियो ।

चेन्नईविरुद्धको टोलीका ४ विदेशी खेलाडी जेसन बेहरेन्डोर्फ, टिम डेभिड, क्यामरुन ग्रीन र जोफ्रा आर्चर हुन सक्छन् । यी बाहेक सूर्यकुमार यादव, तिलक वर्मा, रोहित शर्मा, इशान किशन र पियुष चावला जस्ता भारतीय खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।

यी दुई टोलीहरू आईपीएलमा सबैभन्दा सफल टोलीहरू हुन् । मुम्बई पाँच पटक र चेन्नई चार पटक च्याम्पियन बनेको छ । यी दुईबीच अहिलेसम्म जम्मा ३५ खेल भइसकेका छन् । जसमा मुम्बईले २० पटक र चेन्नईले १५ पटक जितेको छ ।

चेपौक स्टेडियमको पिचमा स्पिन बलरको वर्चस्व छ, त्यसैले ब्याट्सम्यानले स्पिनरहरूसँग सावधानीपूर्वक खेल्नुपर्छ । जबकि एमए चिदम्बरम स्टेडियमको पिचमा ब्याट्सम्यानलाई रन बनाउन निकै गाह्रो छ ।

शनिबार चेन्नईमा मौसम राम्रो हुनेछैन । बादल लाग्नेछ, वर्षाको सम्भावना छ । तापक्रम २७ देखि ३२ डिग्री सेल्सियसको बीचमा रहनेछ ।