• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ

फिल्म ‘जारी’ले कमायो १५ करोड



काठमाडौँ । फिल्म ‘जारी’ले १५ करोड कमाई गरेको छ । वैशाखमा प्रदर्शन भएका चार फिल्म अहिले पनि हलमा चलिरहेका छन् । जसमध्ये लिम्बू संस्कृतिमा आधारित भएर बनेको ‘जारी’ सबैभन्दा बढी कमाइ गर्न सफल भएको हो ।

चलचित्र विकास बोर्डको बक्सअफिसका अनुसार ‘जारी’ले २१ दिनमा १५ करोड कमाएको हो । वैशाख १ गते प्रदर्शनमा आएको यो फिल्मको वैशाख २१ गतेसम्मको कमाइ हो । बोर्डका सदस्य रवि अधिकारीले ‘जारी’ को व्यापार राम्रो रहेको बताए । उनले भनेका छन्, “जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अङ्क अझै बढ्ने देखिन्छ ।”

वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाई नभन्नु ल ६’ को सो सङ्ख्या घट्नाका साथै दर्शक पनि घटेका छन् । प्रदर्शनको एक साता पार गर्दा ‘नाई नभन्नु ल ६’ ले रु २५ लाख र ‘प्रसाद २’ ले रु ७० लाखको व्यापार गर्न सफल भएको छ । उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन् ।

यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ ले दुई दिनमा रु २० लाखको हाराहारीका व्यापार गरेको छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। यो लिम्बू समुदायको संस्कृतिमा आधारित भएर निर्माण गरिएको फिल्म हो ।