४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

१५ वर्षपछि ‘गजनी’को सिक्वेल बनाउन चाहन्छन् आमिर, अल्लु अर्जुनका बुबासँग कुरा चल्दै

१५ वर्षपछि ‘गजनी’को सिक्वेल बनाउन चाहन्छन् आमिर, अल्लु अर्जुनका बुबासँग कुरा चल्दै
अ+ अ-

एजेन्सी । फिल्म ‘लाल सिंह चड्ढा’को बक्सअफिसमा असफलतापछि आमिर खानले फिल्मबाट ब्रेक लिएका छन् ।

गत वर्ष अभिनेताले च्याम्पियन फिल्मको घोषणा गरेका थिए तर त्यो अलपत्र परेको थियो । यसैबीच आमिर खान छिट्टै काममा फर्किने खबरहरु आइरहेका छन् । आमिर २००८ को सुपरहिट रिभेन्ज ड्रामा फिल्म ‘गजनी’को सिक्वेल बनाउन लागेका हुन् ।

यतिबेला उनी फिल्मको बारेमा निर्मातासँग छलफल पनि गरिरहेका छन् । यद्यपि यस विषयमा आमिरको तर्फबाट आधिकारिक जानकारी भने आएको छैन ।

पिपिङमुनको रिपोर्ट अनुसार आमिर खान ‘गजनी २’ को लागि साउथतर्फ लागेका छन् । अभिनेता अल्लु अर्जुनका पिता अल्लु अरविन्दसँग काम गर्न चाहन्छन्, त्यसैले उनीसँग कुरा गर्न उनी धेरै पटक हैदरावाद गएका छन् ।

फिल्मलाई लिएर यी दुईबीच चर्चा चलिरहेको छ । स्रोतका अनुसार गत हप्ता पनि आमिर खानले अल्लु अरविन्दलाई भेटेका थिए । दुबैले धेरै प्रोजेक्टको बारेमा कुरा ग रे। दुवै सँगै काम गर्न निकै उत्साहित छन् ।

स्रोतका अनुसार अल्लु अरविन्द र आमिरबीच ४–५ महिनादेखि पटक–पटक भेट हुँदै आएको छ । तर आयोजनासँग सम्बन्धित सबै कुरा गोप्य राखिएको छ । यस परियोजनामा ​​अझै वार्ता जारी छ, अझै केही पुष्टि भएको छैन ।

आमिर र अल्लु अरविन्द दुवै सञ्जय सिंघानियाको कथालाई अगाडि बढाउन चाहन्छन् र केही महिनामा स्क्रिप्ट फाइनल गर्ने बताइएको छ । हालसम्म यो योजना पूर्ण रुपमा गोप्य राखिएको छ ।