३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मौलाकाली केवलकार सञ्चालनमा आएसँगै स्थानीयहरु खुशी

मौलाकाली केवलकार सञ्चालनमा आएसँगै स्थानीयहरु खुशी
अ+ अ-

गैंडाकोट । नवलपरासीको गैंडाकोटमा मौलाकाली केवलकार सञ्चालनमा आएसँगै स्थानीयहरु हर्षित भएका छन् ।

गत वैशाख १ गतेदेखि मौलाकाली केवलकार सञ्चालनमा आएसँगै गैडाकोट नगरपालिका वडा १ का स्थानीयहरु मौलाकालीका मन्दिरको धार्मिक महत्व बढ्ने र स्थानीय स्तरमा रोजगारी बढ्ने भन्दै हर्षित भएका हुन् । स्थानीयहरुले २ घण्टा हिँडेर जानुपर्ने मौलाकाली मन्दिरमा ५ मिनेटमा पुग्ने केवलकार बन्ने अपेक्षा नभएपनि अहिले आएर साकार हुँदा खुशी लागेको बताए ।

उनीहरुले केवलकार सञ्चालनमा आउँदा खुशी भएपनि केवलकार व्यवस्थापनले भाडादर कम गर्नुपर्ने बताए । मन्दिरको बेसमा विगत २५ वर्षदेखि सामान्य टहरोमा पूजा सामाग्री व्यापार गर्ने व्यापारीहरुले टहरा व्यवस्थापन गर्दा व्यापार बन्द नहुने गरी वैकल्पिक व्यवस्था गरिनुपर्ने बताए । मौलाकाली मन्दिर परिसरमा व्यापार गर्ने स्थानीय व्यापारी सुलभ कुमालले मौलाकाली केवलकार सञ्चालनमा आएसँगै पूजा सामग्रीमा व्यापारमा वृद्धि भएको बताउनु भयो । उहाँले पूजा सामग्रीमा व्यापार बढेपनि होटलमा भने व्यापार कम भएको बताउनु भयो । उहाँले केवकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन गर्न आउने वृद्धवृद्धाहरुलाई समेत सहज भएको बताए । उहाँले टहरोमा व्यापार गर्नुपरको भन्दै ठाउँ दिए आफैँ व्यवस्थित बनाउने बताउनु भयो । उहाँले विगत लामो समयदेखि व्यापार गरिरहेकाले मन्दिर परिसरमा नै व्यवस्थित तरिकाले व्यवसाय गर्न पाउनुपर्ने बताउनु भयो ।

स्थानीय विनिता महतोले मौलाकालीका केवलकार सञ्चालनमा आएसँगै खुशी र दुःखी दुवै भएको बताउनु भयो । उहाँले केवलकार सञ्चालनमा आएसँगै विगत लोमो समयदेखि गर्दै आएको ठाउँ व्यवस्थित हुनुपर्ने बताउनु भयो । उहाँले मन्दिर परिसरका पसलहरु हटाउने कुराले दुःख लागेको बताउनु भयो । उहाँले २० वर्षदेखि जीविको पार्जनको माध्यम पसलहरु भएको भन्दै उचित व्यवस्थापनसहित हटाउनुपर्ने बताउनु भयो ।

स्थानीय टीकाराम चापागाईंले केवलकारमा मौलाकाली मन्दिर जान पाइन्छ भन्ने आश नरहनेपनि अहिले केवलकार चढेर मन्दिर जान पाउँदा खुशी लागेको बताउनु भयो। उहाँले गैडाकोटको जङ्गलमा केवलकारको विकास हुँदा अचम्म लागेको बताउनु भयो। उहाँले ८० वर्षको उमेरमा घरमा नै खुम्चिएर बस्नु भन्दा केवलकार चढेर मन्दिर दर्शन गर्न पाउँदा खुशी भएको बताउनु भयो। उहाँले ८० वर्ष माथिका बुढाबुढीहरुलाई छुट रहेको भन्दै छुट पाएर केवकार चढेको बताउनु भयो।

स्थानीय गंगाधर सापकोटाले गैडाकोटमा केवलकार बन्द यहाँका स्थानीयहरु सबै खुशी रहेको बताउनु भयो। उहाँले केवलकार बनेसँगै पसल, जग्गा जमिनको समेत मूल्य बढेको बताउनु भयो। उहाँले केवलकार चढ्न सवारी साधन लिएर आउनेहरुको लागि पार्किङ शुल्क तिर्नुपर्ने भन्दै केवलकार आफैँले बनाई दिनुपर्ने बताउनु भयो। उहाँले मौलाकाली केवलकारको दूरी छोटो दर भाडादर महँगो भएको गुनासो आएको भन्दै मिलेसम्म कम गर्नुपर्ने बताउनु भयो । त्यस्तै,अर्का स्थानीय अटो व्यवसायी समिर परियारले केवलकार सञ्चालनमा आएसँगै अटो सञ्चालनमा सहज भएको बताउनु भयो। उहाँले केवलकार सञ्चालन हुनुभन्दा पहिला अटोमा कमाई थोरै थियो तर अहिले दैनिक २ हजारसम्म बचाउन सकिएको बताउनु भयो ।

केवलकार प्रयोग गरी मन्दिर दर्शन गर्न जाने यात्रुहरुले पनि विगतमा दुईचार घण्टा लाग्ने गरेकोमा केवलकारले सहज बनाएको हेम गौतमले बताउनु भयो। उहाँले केवलकार जस्ता भौतिक संरचनाहरु बन्नु पर्यटकीय हिसावले राष्ट्रको लागि गौरवको विषय भएको बताउनु भयो । त्यस्तै अर्का केवकार यात्रु ऋषि पौडेलले विगतमा मन्दिर दर्शन गर्न आउँदा समय छुट्याउने पर्ने भएपनि केवलकार बनेसँगै समयको बचत भएको बताउनु भयो।

मौलाकाली केवलकारको गत १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको थियो । उद्घाटन भन्दा पहिला गत वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको छ । केवलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन तथा मनोरञ्जनको लागि आउने आन्तरिक तथा वाह्य पर्यटक वृद्धि हुने अपेक्षा स्थानीयहरुको रहेको छ ।