११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड

कोलहवामै विद्यालय खोल्ने सपना

कोलहवामै विद्यालय खोल्ने सपना
अ अ+ अ-

जनकपुरधाम । आजभन्दा १८ वर्ष अगाडि मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ कोलहवा (तुलसियाही निकास_का स्थानीय समाजसेवी शुभकान्त झा, परमानन्द झा र फकिरी यादवले एउटा सपना देख्नुभयो, आफ्नै गाउँटोलमा विद्यालय बनाउने ।

वरिपरि तीन वटा बस्ती छन्, फेचहा, कोलहवा र लबटोली तर नजिकै विद्यालय छैन । टोलछिमेकका बालबालिकाले जोखिम मोलेर टाढाको स्कूल जानुपर्छ । एकदिन शुभकान्त र परमानन्द झासँग फकिरी यादवको यस्तै कुरा भयो । त्यही दिन गाउँमा आधारभूत विद्यालय खोल्ने सपनाको जन्म भएको थियो । तीन वटा टोलको बीचमा रहेको कोलहवाको तुलसियाही निकास भन्ने ठाउँमा झा परिवारको जग्गामध्ये केही जग्गा आधारभूत विद्यालयलाई दिने सहमति पनि भयो ।

“त्यो ठाउँका बच्चाले करिब दुई किलोमिटर टाढा रहेको वैदेज मावि ९वैद्यनाथ देवानन्द जनता मावि० वा अरु ठाउँमा पढ्न जानुपर्ने बाध्यता थियो । अरु बेला त ठीकै छ तर बर्सातको बेला ससाना बालबालिका विद्यालय जान समस्या हुन्थ्यो”, ७० वर्षीया फकिरी यादवले त्यो क्षण सम्झनुभयो, “त्यही समस्याबाट मुक्ति र गुणस्तरीय शिक्षा दिनका लागि आधारभूत विद्यालय खोल्ने हामीले सपना देख्यौँ ।”

कुरा मात्रै भएन तत्कालै जग्गा पनि छुट्याइयो । त्यही प्रस्तावसहित तीनै जना र अरु स्थानीय समाजसेवी एवं राजनीतिकर्मी तत्कालीन जिल्ला शिक्षा कार्यालयमा जानुभयो तर सरकारको मापदण्डअनुसार आधारभूत तहका लागि राख्नुपर्ने धरौटी पुगेन । “धरौटीमा रुपैयाँ वा जग्गा राख्नुपर्ने भयो तर करिब रु पाँच लाख दिने दाता पनि भेटिएन र जग्गाको मूल्याङ्कन पनि त्यति पुगेन । निरीह भएर घर फर्कियौँ तर सपनालाई भने मर्न दिएनौँ”, बाँसको चोया र पुरानो जस्ताले छाएको टहरा देखाउँदै यादव भन्नुहुन्छ, “अनुमति कसो न पाइएला भनेर इँटा र सानो टहरो बनायौँ । वैदेज माविबाट फालिएका जस्तापाता ल्याएर छायौँ । त्यही टहरोमा करिब छ महिनासम्म पठनपाठन पनि भयो तर अनुमति लिन सकिएन । त्यहीबीचमा राजनीतिक उथलपुथललगायत विभिन्न समस्या देखिएपछि बीचैमा पढाइ रोकियो ।”

संरक्षणको अभावमा विद्यालय विद्यालयजस्तो रहेन । पक्की घर ठड्याउने उद्देश्यसहित १८ वर्ष अगाडि बनाइएको इँटाको जगमा एउटा पनि इँटा थपिएन । काम चलाउन लगाइएको बाँसका चोयामा गारो पोतिएन । खण्डहरजस्तै भयो तर सपना टुटिसकेको थिएन । यो बीचमा छ÷सात वर्ष पहिले शुभकान्त झा र करिब डेढ वर्ष पहिले परमानन्द झाले संसार छोड्नुभयो । तीन जनामध्येका यादव जीवितै हुनुहुन्छ । त्यसैले सपना मर्ने कुरो भएन । त्यसैमा दिवङ्गत परमानन्दका छोरा अम्रेशकान्त झा जोडिनुभयो ।

पेसाले चार्टर्ड एकाउन्टेन्ट र राजनीतिकर्मीसमेत रहेका तिनै अमे्रशको सहयोगले १८ वर्षअघिको सपना अहिले पूरा भएको छ । विसं २०८० वैशाख २१ गते कक्षा तीनसम्म अध्ययन अध्यापन गर्ने गरी ‘श्री सरस्वती परमानन्द आधारभूत विद्यालय’ को नाममा स्वीकृति प्राप्त भएको छ । “मेरो बुबाले गाउँको बीचमा एउटा विद्यालय होस् भनेर देखेको सपनालाई साकार गर्ने दायित्व मेरो पनि हो भन्ने सम्झेर यसमा जोडिएको छु । सायद आज उहाँ ९बुबा० भएको भए जीवनमा सबैभन्दा बढी खुसी हुनुहुन्थ्यो होला”, झाले रासससँग भन्नुभयो,“मान्छेको जीवन त आज छ भोली नरहन सक्छ तर सामाजिक कर्म त अमर रहन्छ । त्यसैले बुबाको सम्झनामा दुई कट्टा ६ धुर जग्गा विद्यालयलाई दान गरी सकेका छौ । अब विद्यालयसँग मेरो परिवार र यहाँको समाज मात्रै होइन सरकार पनि जोडिएको छ । पक्कै यो सपनाले ठूलो आकार लिनेछ ।”

झाका अनुसार विद्यालयमा शिशु कक्षादेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने र त्यसका लागि तत्काल गाउँपालिकाले तीन जना शिक्षकको व्यवस्था गर्ने समझदारी छ । “समाज विकासको मूल आधार भनेकै शिक्षा हो । बाध्यताले बाहेक कसैले पनि सामुदायिक विद्यालयमा बालबच्चा पढाउन नचाहिरहेको अवस्थामा हामीले गुणस्तरीय शिक्षा दिने सुनिश्चिततासहित विद्यालय सञ्चालन गर्ने योजना बनाएका छौँ”, झाले सुनाउनुभयो ।

वडा नं ४ का अध्यक्ष उदयचन्द्र झाले गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले सकेको सहयोग गर्ने र प्रदेश तथा सङ्घीय सरकारबाट पनि सहयोग लिन सहजीकरण गरिने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष अजयकुमार यादवले पनि तीन टोलमा रहेका करिब पाँच सयभन्दा बढी परिवारका बालबालिका लाभान्वित हुनेगरी विद्यालयको भौतिक तथा अन्य सहयोग गर्न आफ्नो पूर्ण सहयोग रहने बताउनुभयो । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमबाट पनि रु ३० लाख विनियोजन गरी विद्यालयको व्यवस्थापनका लागि खर्च गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) मुखियापट्टी मुसहरनिया गाउँ कार्यसमितिका अध्यक्ष अशोककुमार झाले राजनीतिकरुपमा विद्यालयलाई गर्नुपर्ने सम्पूर्ण सहयोगका लागि स्थानीय राजनीतिक दल एकमत रहेको बताउनुभयो । सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा दिने गरी अगाडि बढेको योजनामा सबैको सहयोग र सहकार्य जरुरी रहेको पनि उहाँले बताउनुभयो ।

छिमेकमै विद्यालय खोल्ने सुनेपछि अहिले यहाँका बालबालिका पनि निकै खुसी छन् । घरबाट करिब दुई किलोमिटर टाढाको नीजि विद्यालयमा कक्षा ४ मा अध्ययनरत विमलेशकुमार यादवले नजिकै विद्यालय खुल्ने भएपछि आफूलाई धेरै खुसी लागेको प्रतिक्रिया दिनुभयो । “भर्खरै सुरु भएकाले मैले त यहाँ पढ्न पाउँछुकी पाउँदैन थाहा छैन तर मेरा भाइबहिनी र अरु बालबालिकाका लागि यो खुसीको कुरा हो”, विमलेशले भन्नुभयो ।

आफ्नो सानी बहिनीलाई बोकेर नजिकैको विद्यालयमा आउन पाउने आशाले स्थानीय निजी विद्यालयमा कक्षा १ मा अध्ययनरत चञ्चलकुमारी यादवको त खुसीको सीमा नै छैन । चञ्चल भन्छिन्, “अब त म मात्रै होइन मेरो बहिनी पनि स्कूल आउन पाउने भइन् । घरबाट टाढा हिँडेर जान पनि नपर्ने भयो ।”

शुक्रबार विद्यालय औपचारिकरुपमा सुरु हुने सन्देश दिन आयोजित कार्यक्रममा उपस्थित बालबालिकाको खुसी नजिकैबाट नियाल्नुभएका संरक्षक तथा संस्थापक अम्रेशकान्तले खुसीका आँसु छचल्किन नदिँदै भन्नुभयो, “हेर्नुस् पढाई सुरु नहुँदै कति खुसी छन् केटाकेटीहरु । यहाँका करिब सात सय परिवारबाट एउटा÷एउटा बच्चा आउने हो भने पनि निकै चाप बढ्नेवाला छ । सुरुमा केही समस्या भए पनि गुणस्तरीय पठनपाठनबाटै हामी अभिभावकको मन जित्ने छौँ ।”

सानो ठाउँमा त्यति धेरै बालबालिका कसरी व्यवस्थापन गर्ने रु हाम्रो प्रश्नको जवाफमा झाले भन्नुभयो, “विद्यालय वरपर मेरो परिवारकै करिब साढे दुई बिघा जग्गा छ । विद्यार्थीको चाप धान्ने गरी जग्गाको व्यवस्थापन गर्न मेरो पहल हुन्छ । यहाँ कुनै समस्या आउन नदिने गरी हामी अगाडि बढ्छाँै तर गुणस्तरीय शिक्षण सिकाइ र त्यसका लागि उपयुक्त वातावरण निर्माणमा सबैको सहयोग अपरिहार्य छ ।”

जाँदाजाँदै विद्यालय स्थापनाको सपना देख्नेमध्येका एक फकिरी यादवले छुटेको कुरा सुनिदिन आग्रह गर्दै भन्नुभयो, “आज समाजसेवी परमानन्द र शुभकान्त भइदिएको भए मसँगै धेरै खुसी हुनुहुन्थो होला, अब उहाँको योगदान अमर रहने छ । अब जीवनकालमै यसको मुहार फेरिएको देख्ने रहर छ, हेरौँ के के हुन्छ ।” – टिकाराम सुनार/चन्दन ठाकुर