२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा शक्तिशाली भूकम्प, एकको मृत्यु



अ+ अ-

एजेन्सी । जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको हो ।

मौसम अधिकारीहरूले आगामी दिनमा पराकम्पन र पहिरो जान सक्ने भन्दै त्यहाँका बासिन्दालाई चेतावनी दिए पनि सुनामीको कुनै जोखिम नरहेको बताएका छन् ।

“त्यहाँ एक ठूलो, लामो कम्पनको महशुस गरिएको थियो । कम्पन करिब दुई मिनेटसम्म महशुस गरिएको थियो ।
“कम्पन निरन्तर चलिरह्या जसका कारण मलाई डर लाग्यो,”टढं सुजु शहरका एक स्थानीय सरकारी अधिकारीले आफ्नो नाम बताउन अस्वीकार गर्दै सार्वजनिक प्रसारक एनएचकेसँग बताए ।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भूकम्पको क्षतिबारे राजधानी टोकियोमा पत्रकारहरुसँग कुरा गर्दै एक जनाको मृत्यु भएको र कैयौँ भवनहरु भत्किएको समाचार प्राप्त भएको बताएका छन् ।

सुजुका सङ्कट व्यवस्थापन अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार ती व्यक्तिको भर्याङबाट खसेर मृत्यु भएको थियो । भूकम्पका कारण अन्य २१ जना घाइते भएका छन् । स्थानीय अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार कम्तीमा तीन वटा संरचना ध्वस्त भएका छन् भने दुई जना फसेका छन् ।

एक जनालाई भग्नावशेषबाट निकालेर अस्पताल पठाइएको छ भने उद्धारकर्ताले अर्काको खोजी गरिरहेका छन् ।

एनएचकेको फुटेजमा परम्परागत काठका घरहरू भत्किएका वा ढलेका झ्यालहरू र क्षतिग्रस्त छानाहरू देखाइएको छ ।

आकाशबाट लिइएका तस्बीरमा केही क्षेत्रमा भूकम्पको कारण घरहरू पूर्ण वा आंशिकरूपमा क्षति भएको देख्न सकिन्छ ।




भर्खरै