• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्य मनोनीत



काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका रिजाललाई देउवाले शुक्रबार केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

पार्टीको विधान २०१७, (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम देउवाले रिजाललाई सदस्यमा मनोनीत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि देउवाले १४ औं महाधिवेशनमा पराजित भएका प्रकाशशरण महत, प्रदीप पौडेल, जीवनबहादुर शाहीलाई मनोनीत गरे पनि रिजाललाई भने मनोनीत गरेका थिएनन् ।