११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड

हेलिकप्टर दुर्घटना अपडेटः घाइते थप एक जनालाई काठमाडौँ लगियो

हेलिकप्टर दुर्घटना अपडेटः घाइते थप एक जनालाई काठमाडौँ लगियो
तस्वीर: वाङ् भोटे
अ अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङको हम्बरेडाँडामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेका थप एक जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्करलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

आज दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका–४ हटिया, सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, खोज उद्धारकर्ता छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते हुनुभएको थियो ।

गम्भीर घाइते स्थानीय भविन गुरुङको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

घाइते क्याप्टेनसहित तीन जनाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । घाइते शङ्करको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि यस अघिनै सिम्रिक एयरको अर्को हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

हेलिकप्टरले आयोजनास्थलमा परीक्षण गरिएको माटो, ढुङ्गा तथा कङ्क्रिटलगायत सामान लिएर अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुणको सामान ढुवानीको क्रममा सिम्रिक एयरको हेलिकप्टर बिहीबार भोटखोला पुगेको थियो । रासस