२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टर दुर्घटना अपडेटः घाइते थप एक जनालाई काठमाडौँ लगियो



तस्वीर: वाङ् भोटे
अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङको हम्बरेडाँडामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेका थप एक जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्करलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

आज दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका–४ हटिया, सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, खोज उद्धारकर्ता छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते हुनुभएको थियो ।

गम्भीर घाइते स्थानीय भविन गुरुङको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

घाइते क्याप्टेनसहित तीन जनाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । घाइते शङ्करको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि यस अघिनै सिम्रिक एयरको अर्को हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

हेलिकप्टरले आयोजनास्थलमा परीक्षण गरिएको माटो, ढुङ्गा तथा कङ्क्रिटलगायत सामान लिएर अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुणको सामान ढुवानीको क्रममा सिम्रिक एयरको हेलिकप्टर बिहीबार भोटखोला पुगेको थियो । रासस