• २४ जेष्ठ २०८०, बुधबार
  •      Wed Jun 7 2023
  •   Unicode
Logo
Latest
★   कर नीतिको सशक्त ढंगले विरोध गर्ने सांसद श्रेष्ठको चेतावनी ★   विश्वमा सबैभन्दा लामो नाक भएका व्यक्ति ★   विश्वमा हरेक वर्ष ४३ करोड टन प्लास्टिक बन्दै, यसबाट मानव जीवनमा के–के असर पुगेको छ… ★   ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैन: अध्यक्ष यादव ★   फास्ट ट्रयाक निर्माणको बजेट रक्षा मन्त्रालयमा पठाऔँ: सांसद महासेठ ★   बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोशिस भएको छ: सांसद बडू ★   सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेर बैठक चलाएको सांसद दाहालको आरोप ★   आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित होइन्: प्रधानमन्त्री दाहाल ★   नक्कली भूटानी शरणार्थी प्रकरण: प्रतिवादीतर्फको बहस जारी ★   प्रतिनिधिसभाको शून्य समय: नागरिकता विधेयकदेखि सुकुम्बासीका समस्यासम्म

स्वर्गीय डा लोहनीको पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण



काठमाडौँ ।  डा सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा स्वर्गीय न्यूरोसर्जन डा लोहनीद्वारा लिखित पुस्तक आमा सुभद्रा लोहनी र बुबा घनराज लोहनीले लोकार्पण गर्नुभयो ।

पुस्तकको लोकार्पण गर्दै बुबा घनराज लोहनीले भन्नुभयो, “२०७८ सालको बडादसैँको अवसरमा उनले यो पुस्तक आफँैले प्रकाशन गरी हामीलाई उपहार दिने योजना थियो । उनी रहेनन्, हामीले आज प्रकाशन गरेर लोकर्पण गरेका छौँ ।”

उहाँले दुई पुस्तक सोमहोम र जीवन वृक्षबारे प्रकाश पार्दै भन्नुभयो, “सोमहोममा आध्यात्मिक पक्षको सटिक विश्लेषण गरिएको छ । जीवन वृक्षमा योगसाधना, चेतना र मानव अस्तित्व एवम् विश्व बन्धुत्वको भावना सचित्र वर्णन गरिएको छ ।” उहाँका अनुसार लेखकले पुस्तकमा धार्मिक अतिक्रमणको खरो आलोचना गर्नुभएको छ । “धार्मिक अतिक्रमणलाई निस्तेज नगरे हाम्रो अस्तित्वमा रहँदैनौँ, भन्ने उनको चिन्ताको विषय थियो । त्यही सेरोफेरोमा उनले यी दुई पुस्तक लेखेका थिए”, उहाँले भन्नुभयो ।

लोकार्पण कार्यक्रममा पुस्तकबारे डा हरिप्रसाद पोखरेलले आध्यात्मिक र आधुनिक विज्ञानबीचको सेतु बन्न डा लोहनीको पुस्तकले सृजनात्मक भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “डा लोहनीले आध्यात्मलाई पृथक शैलीमा विश्लेषण गर्न खोज्नुभएको छ । उहाँका विचारलाई हामीले उत्खनन गर्न आवश्यक छ । ”

डा जगमान गुरुङले शुभकामना सन्देशमा जीवन वृक्ष पुस्तक दर्शन र कलाको अनुपम संयोजन भएको बताउनुभएको छ । कार्यक्रममा डा सुवासका सहपाठी, शिक्षक, सहकर्मी, सुभचिन्तक र परिवारले पुस्तकबारे समीक्षा र टिप्पणी गर्नुभएको थियो ।

बुवा घनराज लोहनीले पुस्तकबाट आर्जित रकम डा सुवास लोहनीको स्मृतिमा ललितपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘चम्कीला तारा’ नामक पुरस्कारको रुपमा प्रदान गरिने बताउनुभयो । डा लोहनीको स्मृतिमा उहाँको कृतिको प्रचारप्रसारसँगै अनाथलयमा आर्थिक सहयोग गर्ने लोहनी परिवारको भनाइ छ । रासस