९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्गीय डा लोहनीको पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण



अ+ अ-

काठमाडौँ ।  डा सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा स्वर्गीय न्यूरोसर्जन डा लोहनीद्वारा लिखित पुस्तक आमा सुभद्रा लोहनी र बुबा घनराज लोहनीले लोकार्पण गर्नुभयो ।

पुस्तकको लोकार्पण गर्दै बुबा घनराज लोहनीले भन्नुभयो, “२०७८ सालको बडादसैँको अवसरमा उनले यो पुस्तक आफँैले प्रकाशन गरी हामीलाई उपहार दिने योजना थियो । उनी रहेनन्, हामीले आज प्रकाशन गरेर लोकर्पण गरेका छौँ ।”

उहाँले दुई पुस्तक सोमहोम र जीवन वृक्षबारे प्रकाश पार्दै भन्नुभयो, “सोमहोममा आध्यात्मिक पक्षको सटिक विश्लेषण गरिएको छ । जीवन वृक्षमा योगसाधना, चेतना र मानव अस्तित्व एवम् विश्व बन्धुत्वको भावना सचित्र वर्णन गरिएको छ ।” उहाँका अनुसार लेखकले पुस्तकमा धार्मिक अतिक्रमणको खरो आलोचना गर्नुभएको छ । “धार्मिक अतिक्रमणलाई निस्तेज नगरे हाम्रो अस्तित्वमा रहँदैनौँ, भन्ने उनको चिन्ताको विषय थियो । त्यही सेरोफेरोमा उनले यी दुई पुस्तक लेखेका थिए”, उहाँले भन्नुभयो ।

लोकार्पण कार्यक्रममा पुस्तकबारे डा हरिप्रसाद पोखरेलले आध्यात्मिक र आधुनिक विज्ञानबीचको सेतु बन्न डा लोहनीको पुस्तकले सृजनात्मक भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “डा लोहनीले आध्यात्मलाई पृथक शैलीमा विश्लेषण गर्न खोज्नुभएको छ । उहाँका विचारलाई हामीले उत्खनन गर्न आवश्यक छ । ”

डा जगमान गुरुङले शुभकामना सन्देशमा जीवन वृक्ष पुस्तक दर्शन र कलाको अनुपम संयोजन भएको बताउनुभएको छ । कार्यक्रममा डा सुवासका सहपाठी, शिक्षक, सहकर्मी, सुभचिन्तक र परिवारले पुस्तकबारे समीक्षा र टिप्पणी गर्नुभएको थियो ।

बुवा घनराज लोहनीले पुस्तकबाट आर्जित रकम डा सुवास लोहनीको स्मृतिमा ललितपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘चम्कीला तारा’ नामक पुरस्कारको रुपमा प्रदान गरिने बताउनुभयो । डा लोहनीको स्मृतिमा उहाँको कृतिको प्रचारप्रसारसँगै अनाथलयमा आर्थिक सहयोग गर्ने लोहनी परिवारको भनाइ छ । रासस