११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड

धनुषामा मिटरब्याजीविरुद्धका उजुरीमा ‘मिल्ने हदसम्म’ मिलापत्र

धनुषामा मिटरब्याजीविरुद्धका उजुरीमा ‘मिल्ने हदसम्म’ मिलापत्र
अ अ+ अ-

जनकपुरधाम । बटेश्वर गाउँपालिका–२, धनुषाका रामवृक्ष महराले स्थानीय साहुबाट आफ्नो गर्जो टार्न लिएको रु चार लाख सात वर्ष नपुग्दै रु ५२ लाख ५० हजार पुग्यो । विभिन्न समयमा ब्याज र सकेजति रकम तिर्दा पनि ऋण घट्नुको सट्टा प्रत्येक वर्ष रु १३ लाखका दरले कसरी बढ्यो भनेर महरालाई थाहा छैन ।

लक्ष्मीनियाँ–१ धनुषाका श्यामकुमार मिश्रले पनि केही वर्ष पहिले स्थानीय साहुबाट रु १० लाख ऋण लिनुभयो । मिश्रले लिएको ऋण केही वर्षमै साहुले रु ३२ लाख पुर्‍याए । ‘जसको बिहे उसैलाई देख्न नदिए’ भनेजस्तै ऋण तिर्नुपर्ने मिश्रलाई नै त्यति धेरै रकम कसरी पुग्यो भन्ने जानकारी छैन । रु १० लाख र त्यसैको ब्याज तिर्न हम्मेहम्मे भएका मिश्रले रु ३२ लाख साँवा र त्यसको ब्याज तिर्न सक्ने कुरै भएन ।

यस्ता–यस्तै समस्या लिएर धनुषाका मिटरब्याजपीडितहरू जिल्ला प्रशासन कार्यालय धाउन थालेको धेरै पहिलेदेखि नै हो । मिटरब्याजपीडितले आन्दोलन गरेर सरकारसँग पाँच बुँदे सहमति हुनुभन्दा पहिले नै गुनासो गर्नेहरूको सङ्ख्या तीन सय नाघिसकेको थियो । यही वैशाख १७ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन ९मिटरब्याज०सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना र सोही दिन जिल्ला प्रशासन कार्यालय धनुषाले पीडितलाई सहायता कक्षमा उजुरी दिन आग्रह गरेपछि त्यो सङ्ख्या बिहीबारसम्म चार सय ७३ पुगेको छ । वैशाख ३१ गतेसम्म उजुरी दिने समय रहेकाले यो सङ्ख्या निकै बढ्ने सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको अनुमान छ ।

“बिहीबारसम्म चार सय ७३ उजुरी दर्ता भएका छन् । वैशाख ३१ गतेसम्म पहिलो चरणको उजुरी निवेदन लिने र सोही आधारमा विस्तृतरूपमा बुझेर अनलाइन दर्ताको काम पनि सहायता कक्षाबाट हुन्छ”, भण्डारीले राससलाई भन्नुभयो ।

उहाँका अनुसार पीडितले त्यसरी उजुरी दिएका आधारमा पीडित पक्षलाई बोलाएर सुरुदेखि नै सहमतिमै विवाद ‘मिल्ने हदसम्म’ मिलाउने प्रयास गरिएकामा हालसम्म एक सय ९५ मुद्दामा मिलापत्र भएको छ । “चार सय ७३ मध्ये एक सय ९५ विवादमा मिलापत्र गरिएको छ । ३८ वटा मुद्दामा अदालतले निषेधाज्ञा ९केही नगर्नु भनेको० जारी गरेको छ”, भण्डारीले भन्नुभयो, “बाँकी मुद्दामा दुवै पक्षलाई बोलाएर पनि विभिन्न चरणमा सोधपुछ गर्ने काम भइरहेको छ । कतिपय मुद्दामा दुवै पक्ष स्वस्फूर्तरूपमा त कतिपयमा हामीले मिलनविन्दुको खोजी गरिदिने गरेका छौँ ।”

जिल्ला प्रशासन कार्यालयको यही प्रयासले गर्दा अदालतले साहुको दसीप्रमाणका आधारमा कानूनमा टेक्दै रु ६५ लाख तिर्नु भनेर दिएको फैसलाका बाबजुद दुवै पक्षबीच रु १२ लाख लिनेदिने गरी सहमति भएको छ भने वर्षौंदेखि बन्धकी रहेका करिब ५० जना पीडितको घरजग्गा पनि फुकुवा भएका छन् । “हामीले चरम अत्याचार गर्ने पीडकलाई पक्राउ गरेर थुनामा राख्ने, करकापबिना सामान्य सहजीकरण गर्दा मिल्नसक्ने प्रकृतिका उजुरीमा मिलापत्र, कागज फिर्ता, घरजग्गा फुकुवासम्मको प्रयास गरिरहेका छौँ”, प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल भन्नुहुन्छ, “वास्तविक पीडितलाई थप पीडा नहुने गरी हामीले न्यायको प्रयास गर्छौँ । त्यसो गर्दा पनि निकास ननिस्केमा अरु कानूनी बाटो त छँदैछ ।”

बटेश्वर गाउँपालिका–२ धनुषाका महराको मुद्दामा पीडितले रु १२ लाख तिर्ने र पीडक साहुले जग्गा फकुवा गर्ने गरी सहमति भई कार्यान्यनमा समेत आइसकेको छ । त्यसैगरी लक्ष्मिनियाँ–१ निवासी मिश्रको उजुरीमा सोधपुछका क्रममा हिसाबकिताब गर्दा दुई पक्षबीच रु १४ लाख ५० हजारमा मिलापत्र भएको थियो तर यो कार्यान्वयन हुन बाँकी छ ।

त्यसैगरी सहिदनगर–६ हरिपुरका सुवासकुमार यादवले पनि विसं २०७५ असारमा स्थानीय साहुले केही पैसा दिएर रु सात लाख ५० हजारको कागज गरेको भन्दै उजुरी दिएपछि अहिले रु एक लाख ५० हजार लिनेदिने गरी मिलापत्र भएको छ । कतिपय उजुरीमा उजुरीकर्ताको दर्दनाक अवस्था र लेनदेनको कागजातको प्रकृति हेरेर पीडितले स्वीकारेको रकमभन्दा पनि कम रकममा सहमति भएको छ । त्यसको उदाहरण हुनुहुन्छ धनुषाकी शौलकुमारी यादवनी । विवरणअनुसार उहाँले केही वर्षअघि रु ८० हजार ऋण लिएकामा साहुको मागदाबी रु दुई लाख ५० हजार थियो तर अहिले रु ५० हजार लिनेदिने गरी मिलापत्र भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा रहेको अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी सहायता कक्षको विवरणमा ३८ जना उजुरीमा पक्ष र विपक्ष नै सम्पर्कमा छैनन् । प्रमुख जिल्ला अधिकारी दाहालले सम्पर्कमा आउन नचाहने र बहानाबाजी गर्नेलाई मुद्दाको प्रकृति र संवेदनशीलताका आधारमा पक्राउ गरिएको सुनाउनुभयो । “अटेर गर्ने र पीडितलाई थप पीडा दिने तीन जनालाई हामीले पक्राउ गर्‍यौँ । त्यसमध्ये एक जनालाई धरौटीमा छाडिएको छ । बाँकी दुईमध्ये एउटाको घरबाट विभिन्न व्यक्तिसँग गरिएका १५ थान र अर्कोको घरबाट १३ थान तमसुकसहितका संवेदनशील सामग्री फेला पारेर राखेका छाँै । भन्नुको अर्थ जुन माध्यमबाट समस्याको समाधान हुन्छ त्यो उपाय अपनाएर हामीले तदारुकताकासाथ काम अगाडि बढाएका छौँ ”, उहाँले भन्नुभयो ।

मिटरब्याजपीडित सङ्घर्ष समिति धनुषाका अध्यक्ष पुरुषोत्तम अधिकारीले वर्षौंदेखि नक्कली प्रमाण, तमसुक र झुक्याएर बनाइएका कागज देखाएर अनुचित र अस्वाभाविक शोषण गर्ने साहु महाजन अहिले अत्तालिएको बताउनुभयो । उहाँले द्विपक्षीय समझदारीमा समाधानको बाटो खोज्नु सराहनीय भए पनि चरम अत्याचार र शोषणपछि कानूनी फन्दामा पर्ने त्रासले पीडकले मिलापत्रको बहाना गर्न सक्नेतर्फ भने सचेत रहनुपर्ने बताउनुभयो । “मेरै परिवारविरुद्ध रु ९५ हजार ऋणको पटक–पटक गरी रु २९ लाख तिर्दा पनि रु ४५ लाख बाँकी छ भनेर मुद्दा हालियो । रु ५० हजारको ऋणको रु ११ लाख र अर्कोले रु २५ लाख लिनुछ भनेर मुद्दा हाले । एकै परिवारका तीन जना पेसेवर मिटरब्याजीको फन्दामा परेर हाम्रो परिवार नै तहसनहस भयो । अदालतले पनि पीडककै पक्षमा फैसला गरिदिएको छ । करिब ९० प्रतिशत पीडितसँग प्रमाण छैन, त्यही बहानामा थप पीडा दिने काम भइरहेको छ”, अधिकारीले गुनासो गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी दाहाल पनि मुद्दाको संवेदनशीलताबारे आफूहरू सचेत रहेको र सरकारले समस्या समाधानका लागि ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० राष्ट्रपतिबाट समेत जारी भइसकेकाले अब कानूनी बाटो पनि सहज हुने बताउनुहुन्छ ।

यसअघि वैशाख १७ गते जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन गर्न जनकपुरधाम आउनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले पनि अनुचित प्रमाण, शक्ति र स्रोत देखाएर पीडक उम्किनसक्नेतर्फ सचेत रहन प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको थियो ।

तत्कालीन सरकारले गठन गरेको मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलले २०७९ भदौ ७ गते सरकारका गृहमन्त्री बालकृष्ण खाणसमक्ष बुझाएको प्रतिवेदनअनुसार सातै प्रदेशमा भदौ ५ गतेसम्म प्राप्त एक हजार नौ सय ३७ उजुरीमध्ये मधेस प्रदेशमा मात्रै एक हजार तीन सय ३० अर्थात ६९ प्रतिशत उजुरी परेको तथ्याङ्क सार्वजनिक गरेको थियो । रासस