१ असार २०८३, सोमबार
,
Latest
गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार दुई अर्ब ८२ करोड बराबरको नागरिक बचतपत्र निष्कासन हुँदै



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबार ‘नागरिक बचतपत्र २०८५’को बिक्री खुला गर्ने भएको छ ।

नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैङ्कले रू दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो । पाँच वर्ष अवधिको बचतपत्रका लागि १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ । बचतपत्रको ब्याज हरेक छ महिनामा भुक्तानी हुने राष्ट्र बैङ्कले जनाएको छ ।

यही वैशाख २४ देखि आगामी जेठ २४ गतेसम्म बिक्री खुला गरेर जेठ ३० गते बचतपत्र निष्काशन हुनेछ । लगानीकर्ताले घटीमा रू १० हजार र बढीमा कुल निष्काशित रकमको सीमासम्म रू १० हजारले निशेष भाग जाने अङ्क बराबरको बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । यो बचतपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिनेछ ।

नागरिक बचतपत्र खरिद गर्न चाहने इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैङ्कको वेभसाइटमा रहेको अनलाइन प्रणालीमार्फत् आवेदन दिन सक्नेटन् । आवेदन दिँदा नेपाली नागरिकताको प्रतिलिपि, नाबालकको हकमा संरक्षकको नागरिकताको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सस्केछन् । लगानीकर्ताले स्टक वा प्रमिशरी नोटमध्ये आपूmले लिन चाहेको प्रमाणपत्रको किसिम आवदेन दिँदा नै खुलाउनु पर्नेछ । यदि नखुलाइएको भए राष्ट्र बैङ्कले प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराउनेछ । यद्यपि लेखपढ गर्न नजान्ने व्यक्तिलाई भने स्टक प्रमाणपत्र उपलब्ध गराइने राष्ट्र बैङ्कले जनाएको छ । रासस