११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

बागलुङ तमानखोलाको दुर्गम गाउँ नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’

बागलुङ तमानखोलाको दुर्गम गाउँ नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’
फाईल फोटो
अ अ+ अ-

गलकोट । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको दुर्गम गाउँ नर्जाखानीका स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि ‘एक घर एक प्लास्टिक टनेल’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

स्थानीय सरकारले तरकारी खेतीमा अग्रसर बनाउन सबै वडावासीलाई प्लास्टिक टनेल स्थापनाका लागि अनुदानमा वितरण गरेको छ । वडाका सबै घरमा टनेलमार्फत तरकारी खेती उत्पादन भएमा दुर्गम स्थानका नागरिकको जीवनस्तर वृद्धि गर्नेगरी तमानखोला गाउँपालिका–६ कार्यालयले यस्तो योजना कार्यान्वयन गरेको हो ।

एक घर एक टनेलमार्फत उत्पादन भएको तरकारीले घरमा उपभोग भई बाँकी तरकारी सङ्कलन गरी बजार पठाउन सकिने योजनासाथ गाउँपालिका–६ नर्जाखानीको वडा कार्यालयले चालु आर्थिक वर्षमा रु नौ लाखको योजना कार्यान्वयनमा लगेको हो ।

दुर्गम गाउँका नागरिकलाई स्थानीय सरकारले प्रत्यक्ष आयआर्जनसँग जोड्न आवश्यक ठानेर यो कार्यक्रम ल्याएको तमानखोला गाउँपालिका–६ का वडाअध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिनुभयो । “ यहाँका नागरिकको आर्थिक जीवनस्तर उकास्न आवश्यक छ, त्यसैले वडाध्यक्षमा निर्वाचित भएको पहिलो वर्ष नै ठूलो बजेट कृषिमा लगानी गरिएको छ, अहिले नौ लाख बजेटबाट टनेल स्थापना गर्न ८५ प्रतिशत अनुदानमा दुई सय घरमा टनेल स्थापना गर्ने योजना हो, हालसम्म एक सय ६० टनेल वितरण गरिसकेका छौँ”, वडाअध्यक्ष छन्त्यालले भन्नुभयो ।

दुर्गम गाउँमा व्यावसायिक तरकारी उत्पादनप्रति स्थानीयवासीको चासो नदेखिएको र थोरै परिणाममा तरकारी उत्पादन गर्दा बजारीकरणको समेत समस्या हुने भएकाले वडाका सबै घरमा टनेल स्थापना गर्न थालिएको हो ।

रु चार हजार आठ सय लागतको प्लास्टिक अनुदानमा लैजान स्थानीयवासीले ६ सय वडा कार्यालयमा बुझाउनुपर्नेछ । स्थानीयवासीको १५ प्रतिशत साझेदारीमा टनेल स्थापनाका लागि प्लास्टिक वितरण गर्दा स्थानीयलाई अपनत्व हुने वडा कार्यालयको बुझाइ छ ।

अबको केही महिनाभित्रै वडाका दुई सय घरमा टनेल स्थापना भइसक्नेछन् । जम्मा दुई सय घरधुरी रहेको वडामा सबै नागरिकका घरमा टनेल स्थापना भइसक्दा नर्जाखानी तरकारीमा आत्मनिर्भर मात्रै नभएर तरकारी निर्यात गर्न सकिने वडाका रुपमा परिचित हुनेछ ।

चिसोका कारण खुल्ला जग्गामा काउली, बन्दा, सिमी तथा टमाटर लगायतका अत्यावश्यक तरकारी खेती राम्रो नहुने भएकाले सबै घरमा टनेल स्थापना गर्ने वडा कार्यालयले योजना बनाएर अगाडि बढेको हो । वडा कार्यालयले तरकारी उत्पादनका लागि आवश्यक प्लास्टिक वितरण गर्दा स्थानीय सरकारको आभाष भएको स्थानीय जसदेवी छन्त्यालले जानकारी दिनुभयो । रासस