२ श्रावण २०८३, शनिबार
,
Latest
शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान–शाहरुखलाई एकै दृश्यमा उतार्न ५६ करोड खर्च गर्दै आदित्य चोपडा



अ+ अ-

एजेन्सी । सिद्धार्थ आनन्द निर्देशित शाहरुख खानको फिल्म ‘पठान’ मा सलमान खानको क्यामियो सीनले निकै चर्चा पाएको थियो । केही समयको लागि, तर जब दुबै स्टारहरू स्क्रिनमा एकसाथ देखा पर्‍यो, हल सिट्टीले गुन्जियो ।

अब फेरि एकपटक फिल्म ‘टाइगर ३’ मा दर्शकले यी दुई स्टारलाई एकसाथ हेर्न पाउनेछन् । रिपोर्टका अनुसार सलमान–शाहरुख फिल्मको स्पेशल सिक्वेन्सको सुटिङ मे ८ मा गर्दैछन् । यसका लागि निर्माताहरूले पानीजस्तै पैसा पनि खन्याइरहेका छन् ।

सलमान खानको ‘टाइगर ३’ मा उनको र शाहरुख खानको स्पेशल सिक्वेन्स फिल्मको जीवन हो । यो कुरा निर्माताहरुले पनि राम्ररी बुझेका छन् । यही कारणले गर्दा उनीहरुले यो दृश्यका लागि व्यापक तयारी गरिरहेका छन् र यसको बजेट पनि निकै बलियो राखिएको छ ।

मिडिया रिपोर्टका अनुसार दर्शकले उक्त दृश्यमा शाहरुख र सलमान खानको एक्सन हेर्न पाउनेछन् । आदित्य चोपडाले यसका लागि करिब ३५ करोड (नेपाली ५६ करोड) रुपैयाँ खर्च गरिरहेका छन् । जब शाहरुख र सलमान खान एउटै फ्रेममा हुन्छन्, त्यो दर्शकका लागि पनि उत्कृष्ट अनुभव हो । ‘पठान’ मा पनि यस्तै भएको थियो र त्यो फिल्ममा सबै कुरा मिलाएर अब आदित्य चोपडा ‘टाइगर ३’ लाई अर्को लेभलमा लैजाने तयारीमा छन् ।