४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिम्रिक एयर दुर्घटनाः क्याप्टेनसहित दुईको अवस्था गम्भीर



अ+ अ-

काठमाडौँ। संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाइएको छ ।

हेलिकप्टरका क्याप्टेन र स्थानीयवासी भविन गुरुङ गम्भीर घाइते भएका हुन भने हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल छन् ।

अरुण तेस्रोको सामान बोकेको उक्त हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरको पंखा पहाडमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।