११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

‘इको स्प्रिच्युअल’ आश्रम: आफ्ना लागि साधना, अरूका लागि सेवा

‘इको स्प्रिच्युअल’ आश्रम: आफ्ना लागि साधना, अरूका लागि सेवा
अ अ+ अ-

गण्डकी । सिङ्गापुर बस्ने पोखराकी सोम गुरुङ आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, “म नेपालमै जन्मिए पनि विदेश बस्छु, त्यहाँ मेरो मन कहिल्यै स्थिरमा थिएन । परिवार, समाज अनि आफैँसँग गुनासो हुन्थ्यो”, उहाँले भन्नुभयो, “नौ महिनाअघि नेपाल आएको बेला विकासानन्द स्वामीसँग भेटेर साधना लिएँ । गुरुको ध्यान अनि ज्ञानले यो शरीर सबैसँग दिल खोलेर हाँस्न सक्ने भएको छ ।”

स्वामी विकासानन्दसँग उहाँले साधना लिनुभयो । त्यसपछि उहाँको मनमा शान्ति छायो । कहिलेकाहीँ त आत्महत्याको बाटो नै रोजौँ कि भन्ने सोचसमेत आउने गरेकामा बैचन मन थिर भएको उहाँले बताउनुभयो । साधनासँगै जीवन र समाज बुझेको बताउँदै उहाँले थप्नुभयो, “मेरो पनि संसारमा आफन्त रहेछन् भन्ने लाग्यो । यही कारण विकासानन्द फाउन्डेसन विश्व परिवारलाई आफ्ना तर्फबाट धेरथोर सहयोग पनि गर्दै आएकी छु ।”

बयालीस वर्षदेखि देश–विदेशमा अनुसन्धान एवं साधना गराउँदै आउनुभएका मनोक्रान्ति अभियानका प्रवर्तक डा योगी विकासानन्दको ऊर्जा, आत्मज्ञान एवं अनुभवलाई विश्वव्यापी बनाउने लक्ष्यका साथ मुनाफारहित, जनहितकारी र सेवामूलक सामाजिक संस्थाका रूपमा पोखरा महानगरपालिका–२३ बराङमा विकासानन्द फाउन्डेसन विश्व परिवारको ‘इको स्प्रिच्युअल आश्रम’ स्थापना भइसकेको छ ।

संस्थाकै माध्यमबाट शारीरिक एवं मानसिक समस्यालाई पूर्वीय साधना पद्धति र पश्चिमा मनोविज्ञान तथा परामनोविज्ञानको माध्यमबाट समाधान गर्न प्रवचन, गोष्ठीका साथै जनचेतनामूलक अभियान सञ्चालित छ ।

पोखराबाट १५ किलोमिटर दूरीमा रहेको यस आश्रमलाई साधनाको केन्द्रका रूपमा विकास गर्ने सोचका साथ पाँच रोपनी क्षेत्रफल विभिन्न पूर्वाधार बनिरहेका छन् । हाल दैनिक एक सय जनासम्म साधनालाई त्यहीँ बसेर साधना गर्न मिल्ने व्यवस्था रहेको डा योगी विकासानन्दले जानकारी दिनुभयो । “हामी पूर्वाधार विकासलाई पनि सँगसँगै बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “हाल रहेको साधनास्थलभन्दा माथि एकैपटक ठूलो सङ्ख्यामा साधना गर्न सक्ने कक्षसँगै साधकहरूका लागि बस्ने एक सय ५० कोठासहितको संरचना निर्माण गर्ने योजना छ ।”

पारिवारिक वैमनस्यता एवं कलहलाई प्रेमपूर्वक समाधान गराई स्वस्थ समाजको निर्माण गर्ने लक्ष्य राखेको संस्थाले आध्यात्मिक आवास, प्राकृतिक खानपान एवं स्वस्थ वातावरणको निर्माण गराउने उद्देश्य लिएको छ । आध्यात्मिक साधकहरूलाई कुण्डलिनी योग, महाशक्ति पठान योग, तन्त्र योगजस्ता दुर्लभ साधनाको माध्यमबाट आत्मजागरण गराउने उद्देश्यसँगै विश्व नै हाम्रो परिवार हो र मानव सबै एक हौँ, आत्मा परमात्मा एउटै हो भन्ने बोध गराउँदै एकाकार गराउने सोच अघि सारिएको छ ।

साधना केन्द्र सञ्चालनमा आएसँगै देश तथा विदेशका साधक यतिखेर बराङ पुग्न थालेको विश्व परिवार कास्कीका वरिष्ठ सल्लाहकार सुष्मा पौडेलले जानकारी दिनुभयो । “पर्यटकीय नगरी पोखराको अर्को आकर्षणका रूपमा यो साधनास्थल विकास भइरहेको छ”, उहाँले भन्नुभयो, “साधनाका माध्यमबाट जीवनलाई स्वस्थ एवं सकारात्मक सोचको विकास गराउन चाहनुहुने जो कोही यहाँ पुगेर लाभान्वित बन्न सक्नुहुन्छ ।” पछिल्ला समयमा ठाउँ–ठाउँबाट साधनाका लागि आउनेहरूको क्रम बढ्दै गएको उहाँले बताउनुभयो ।

सोम गुरुङजस्तै अर्का साधक रविना आत्मानन्दको पनि छुट्टै अनुभव छ । रविना पनि साधनामा सहभागी भएपछि आफूमा धेरै परिवर्तन आएको बताउनुहुन्छ । “म मेरो जीवनमै थिइन् । म बाँचिरहेको त छु तर, कसरी बाँचिरहेको छु भन्ने लाग्थ्यो”, उहाँले भन्नुभयो, “डिप्रेसनमा फसिसकेको म साधनापछि पुनःजन्म पाएको छु ।”

अर्का साधक कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ५ का शिरोमणि पौडेलको पनि मीठो अनुभव छ । एक वर्षअघि उहाँमा ढाड दुख्ने समस्या थियो । बराङमा डा विकासानन्दको इको स्प्रिच्युअल आश्रम सञ्चालनमा आएको थाहा पाएपछि उहाँ यस ठाउँमा आइपुग्नुभयो । एक साताको योग साधना गरेर फर्किएसँगै उहाँले यहाँ सिकेका विषयलाई दैनिक घरमा प्रयोग गर्दै आउनुभएको छ । साधनाले विगतदेखिको उहाँको ढाड दुख्ने समस्या अहिले भने समाधान भइसकेको छ । आफ्ना लागि योग साधना बरदान सावित भएको उहाँले अनुभव सुनाउनुभयो ।

डा योगी विकासानन्दसँगको साधनाबाट सोम, रविना, शिरोमणिजस्तै धेरैको जीवनमा परिवर्तन आएको छ । आवासीयरूपमा बसेर साधना गर्न पाइने यहाँ सामान्यतः प्रत्येक दिन बिहान ५ः०० बजेदेखि ध्यान सुरु हुन्छ । साधकहरू ५ः०० देखि ६ः०० बजेसम्म गुरुको प्रत्यक्ष निर्देशनमा ध्यानमा रहन्छन् । ६ः०० देखि ७ः०० बजेसम्म सूर्य नमस्कार योग गरिन्छ । त्यसपश्चात एक घन्टा चियापान गरी ८ः०० बाट १०ः०० बजेसम्म योगी विकासानन्दको प्रवचन हुन्छ । त्यसपछि विभिन्न कक्षासँगै भिडियो आदि प्रदर्शन हुन्छ ।

यस्तै दिउँसो १।०० बजे खाना खाएपछि आधा घन्टा आराम गरी अन्य साधनाका कक्षा सञ्चालन हुने गर्दछन् । आवासीयरूपमा बस्नेले दैनिक केबल खानाका लागि न्यूनतम रु एक हजार सेवा शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । अन्य साधना तथा प्रशिक्षण निःशुल्क प्रदान गरिएको छ । यहाँ आउने साधकले न्यूनतम सेवा शुल्कका साथै सक्नेले यथाशक्य अतिरिक्त सहयोग पनि गर्ने गरेका छन् ।

यहाँ गरिने साधना आनन्द, उत्सुकता र चमत्कारको पूर्ण प्याकेज बनेको त्यहाँ पुग्नेहरू बताउँछन् । डा विकासान्दबाट गरिएका विभिन्न तथ्यपरक प्रयोग, प्रवचन र साधनाको सन्तुलन सबैमा हुन्छ । त्यहाँ खैरो चामलको भात, नुन नराखेको दाल, बोक्रा नफालेको आलुको तरकारी, अग्र्यानिक अचार, जडीबुटी र सख्खर प्रयोग गरिएको चिया अद्भूत छ ।

साधना अवधिभर केही नयाँ प्रयोग भइरहेको डा योगी विकासानन्द बताउनुहुन्छ । यसले साधकहरूको जीवनमा चामत्कारिक परिवर्तन देखापरिरहेको उहाँले बताउनुभयो । डा विकासानन्दले जीवनमा विभिन्न समय गरी तीनपटक घटेको समाधिको तरङ्ग शक्ति, ४२ वर्षको उहाँको साधनाको अनुभव, साधकको सङ्कल्प, दृश्य कल्पनाकला र कर्मको संयुक्त प्याकेजका रूपमा गाभा, काभा, नाभा, रेकी ध्यान गराउनुहुन्छ ।

काठमाडौँको सामाखुसी र गोदावारीमा रहेको आफ्नो आश्रम छाडेर डा विकासनन्दले पोखरा–२३ बराङमा आई जङ्गल, खोला, हिमालको काखमा रही यस स्थललाई साधनाको केन्द्रका रूपमा विकास गर्ने अभियानमा हुनुहुन्छ । यहीँ बसेर उहाँले बहुआयामिक, दीर्घकालीन गुरुयोजनाको परिकल्पना गर्नुभएको छ ।

उहाँले बराङ गाउँमै सयौँले साधना गर्न मिल्ने गरी इको स्प्रिच्युअल आश्रम निर्माणको थालनी गर्नुभएको छ । यो क्षेत्र माछापुच्छ्रे हिमालको काख, पवित्र पञ्चासेको फेदी, फेवातालको सिरान, हाडीखोलाको सामिप्यता छ । नजिकै गुफा, घना जङ्गल, बराङ गाउँको सिरान यस क्षेत्रको अर्को विशेषता हो ।

परियोजनामा मनोक्रान्ति आश्रम, बालबगैँचा, ध्यानका लागि प्राकृतिक गुफा, शौचालय, स्नानकक्ष, भान्साकोठा र सयनकक्षसहित अपार्टमेन्ट निर्माण गर्न करिब ४० रोपनी जग्गा स्वयं खरिद गरी यसको सुरुआत गर्नुभएको हो । परियोजनाको विस्तृत परियोजना कार्य ९डिपिआर० तयार भइसकेको छ । यसको सफलतासँगै यो देशकै आध्यात्मिक जगत्मा एक युग बदल्ने परियोजना बन्ने विकासानन्दको विश्वास छ ।

योगी विकासानन्द काठमाडौँबाट बराङ गाउँमा पुग्दा त्यस क्षेत्रका स्थानीयवासी पनि निकै खुसी छन् । उहाँ यस क्षेत्रमा आएसँगै पर्यटनको नजर यस क्षेत्रमा पुगेको स्थानीय एकनाथ पराजुलीले बताउनुभयो । “पोखराबाट १५ किलोमिटरको दूरीमा रहेको हाम्रो गाउँ विगतमा गुमनामजस्तै थियो । गुरु यहाँ आउनु भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन्”, उहाँले भन्नुभयो, “अहिले यहाँ विभिन्न संरचना बनिरहेका छन् । त्यसमा पनि उहाँले स्थानीयलाई रोजगारी दिनुभएको छ । हामी त एकदमै खुसी छौँ ।” रासस