• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो ★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने ★   लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो ★   प्रिमियर लिगः ब्राइटनमाथि म्यान्चेस्टर सिटीको सहज जित, उपाधि होड रोमाञ्चक बन्दै ★   आजदेखि कक्षा १२ को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै ★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

आज विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण, के हो पेनम्ब्रल?



फाईल फोटो

काठमाडौँ । वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लाग्ने भएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८ः५९ बजे सुरु भई ११ः०७ बजे मध्य हुन्छ । राति १ः१६ बजे ग्रहण सकिने जनाइएको छ । यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण भएको नासोका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यससम्बन्धी धार्मिक एवं सांस्कृतिक मान्यता लागू नहुने उहाँले बताउनुभयो । मौसमले साथ दिए आज राति विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा रुचि राख्नुहुने महानुभावले चन्द्रमाको तस्बिर तथा भिडियो खिचेर परापूर्वकालमा ज्योतिषशास्त्रको विकास हुँदा यो ग्रहणलाई किन गणना गरिएन भनी अधययन गर्न सक्ने सोसाइटीले जनाएको छ । यो ग्रहण नाङ्गो आँखाले ठम्याउन निकै कठिन हुन्छ ।

के हो विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण ?

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन छायाँ र विरल छायाँ । चन्द्रमा पृथ्वीको सघन छायाँमा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ । विरल छायाँमा पर्दा विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण हुन्छ ।

यो ग्रहण नाङ्गो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा भित्तेपात्रोमा यसको चर्चा नगरिएको नासोले जनाएको छ । यो ग्रहणको बेला तस्बिर खिचेर केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायका लागि भने यसको ठूलो महत्व हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल विरल छायाँजनित ग्रहण लाग्नुभन्दाअघिको अवस्था भएको बताउनुहुन्छ । विरल छायाँजनित भनेको ग्रहण नै लागेको अवस्था नभएकाले शास्त्रीय रुपमा यसको दोष नलाग्ने जानकारी पनि उहाँले दिनुभयो । रासस