काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्षले गरेको एक-अर्कालाई गरेको कारवाहीलाई मान्यता नदिइ पुरानै पदाधिकारी कायम रहन भनेको छ ।
पार्टीमा विवाद बढेपछि उपेन्द्र यादव र महन्त ठाकुरले एक अर्कामाथि कारवाही गर्दै आयोगमा छुट्टाछुट्टै पत्र पठाएका थिए ।
दुई समुहले गरेका कारवाही कानूनसम्मत नदेखिएको आयोगको ठहर छ ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार दलमा भएको विवरण हेरफेर गर्दा कुनै पनि अध्यावधिक गर्न नमिल्ने भएकाले यस्तो निर्णय गरिएको आयोगले जनाएको छ ।