११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार

दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार
अ अ+ अ-

नवलपुर । पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनार लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गइरहेको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिका–३ को नदी किनारलाई गाउँभन्दा बाहिरका विभिन्न स्थानबाट आएका व्यक्तिले लागुऔषधको अखडा बनाएको स्थानीयवासीको भनाइ छ ।

स्थानीय मङ्गुराम बोटेले साँझपख मोटरसाइकलमा आएका व्यक्तिहरूले नदी किनारमा सवारी पार्किङ गर्दै तटबन्ध गरेको स्थानमा गएर गाँजालगायतका लागुऔषध सेवन गर्ने गरेको बताए । “म माछा मार्नका लागि नियमित आउजाउ गर्दा यहाँ साँझको बेलामा मान्छे आएर चुरोट, गाँजा तथा बियर खाएको देख्ने गरेको छु”, उनले भने, “बाइकमा आउँछन्, अलिपर बाइक पार्किङ गरेर ग्याबिन भरेको ढुङ्गामाथि बसेर धुँवा उडाउने गरेका छन् ।” आफ्ना गाउँका भन्दा पनि बाहिरी गाउँबाट नचिनेका मान्छे यहाँ आउने गरेको बोटेको भनाइ छ ।

“केही मान्छे नियमित यहाँ देख्ने गरेको छु, एक÷दुई जना व्यक्ति भने लामो समयसम्म यहाँ बस्ने गरेका छन्”, उहाँले भन्नुभयो, “सायद ती व्यक्तिले लागुपदार्थ ल्याएर अन्य व्यक्तिलाई खुवाउने गरेका होलान् ।” बाहिरबाट आएका व्यक्तिले चुरोट, गाँजा खाएर फालेका ठुटो तथा बियरका बोतलहरू नदी किनारमा छरपस्टै फालिएका छन् । “बाहिरबाट आउने मान्छेले ल्याएका खानेकुरा तथा प्लास्टिक सामान नदी किनारमा फालिएका छन्”, उनले भने “जसले गर्दा नदी किनार प्रदूषितसमेत बनेको छ ।”

मध्यविन्दु–३ का वडा सदस्य लोकनाथ अर्यालले पर्यटकीय क्षेत्र भएकाले मान्छे आएर रमाइलो गर्नु सामान्य भएको प्रतिक्रिया दिए । “यो ठाउँ पर्यटकीय दृष्टिकोणका रूपमा विकास भइरहेको छ”, उनले भने, “यस्तो अवस्थामा मान्छे आउनु, रमाइलो गर्नु भनेको सामान्य विषय हो ।” नदी किनारमा आउने मान्छेहरू यहाँको रमणीय दृश्य हेर्दै मनोरञ्जनकै लागि आउने गरेको उनको भनाइ छ ।

“यहाँ आउनु, रमाउनु त ठीकै हो । तर, पछिल्लो समय किशोरहरू पनि आउने गरेको सुनेको छु”, उनले भने, “किशोर दुर्व्यसनीमा फस्नु भनेको राम्रो होइन, यो विषयमा हामीले भर्खरै जानकारी पाएकाले अब कसरी अगाडि बढ्दा ठीक हुन्छ स्थानीयवासीसँग छलफल गरेर अघि बढ्छौँ ।” नदी किनारमा धेरै होटल खुलेको भए पनि मानिस होटलमा भन्दा पनि खुल्ला ठाउँमा बसेर दृश्यावलोकन रमाउने गरेको अर्यालको भनाइ छ ।

स्थानीय लालबहादुर विकले नदी किनार लागुपदार्थको अखडा बन्दै गएको अवस्थामा परिवारसहित त्यहाँ जान पनि अप्ठ्यारो हुने गरेको बताए । “हामी सधैँ नगए पनि बिदाको दिनमा छोराछोरी लिएर नदी किनारमा घुम्न जाउँ भनेर गएको अवस्थामा किनारको विभिन्न स्थान धुँवाले भरिएको हुन्छ”, उनले भने, “यस्तो अवस्थामा बालबालिका लिएर जाँदा उनीहरूमा पनि दुर्व्यसनीको लत बस्ने हो कि भन्ने डर लाग्छ ।” नारायणी नदी किनारमा बसेर सूर्यास्त, नदीमा माछा, नदीपारिको निकुञ्ज, गैँडा, यहाँको हरियाली हेर्नका लागि मान्छे आउने गरेको ठाउँमा गलत काम हुनु राम्रो विषय नभएको उहाँले बताउनुभयो ।

“नचिनेका मान्छेहरु लागुपदार्थको नशामा लठ्ठ भएका हुन्छन्”, उनले भने, “कतै गलत काम गर्छन् कि भन्ने चिन्ताले सताउने गरेको छ ।” नदी किनारमा भइरहेको दुव्र्यसनीको अखडा रोक्नका लागि नियमितरूपमा प्रहरीको गस्ती बढाउनुपर्ने उनको भनाइ छ । “गाँजा खाएर बस्नेलाई हामी केही गर्न सक्दैनौँ” उनले भने, “नियमितरूपमा प्रहरीको गस्ती हुन सुरु भयो भने यस्ता क्रियाकलाप नियन्त्रण हुने थियो ।”