• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

ब्राइटनसँग हार्यो म्यान्चेस्टर युनाइटेड



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटनले जित निकालेको छ । गएराति भएको खेलमा ब्राइटनले म्यान्चेस्टर युनाइटेडलाई १–० गोलले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा अन्तिम मिनेटमा ब्राइटनले गोल गर्दै जित निकालेको हो ।

घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन खेलको ९०+९ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गरे । उनले पेनाल्टीमा गोल गरेका हुन् । डी–बक्सभित्र युनाइटेडका लुक शको हातमा लागेपछि रेफ्रिले भीएआरको सहायताले ब्राइटनलाई पेनाल्टी दिएका हुन् । पेनाल्टीमा एलिस्टर चुकेनन् ।

यो नतिजासँगै ३३ खेलबाट ६३ अंकका साथ युनाइटेड तालिकाको चौंथो स्थानमा रहँदा एक खेल कम खेलेको ब्राइटन ५५ अंकका साथ छैटौं स्थानमा छ ।