२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय एकता सुदृढ गर्न टेवा पुग्नेछः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभौली पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यसप्रकारका पर्वहरूका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ गर्न टेवा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

उहाँले प्राकृतिक ऋतुचक्रसँग एकाकार भएर जीवन निर्वाह गर्न अभ्यस्त किराँत समुदायको उभौली पर्वले मानव र प्रकृति बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, “ उभौली पर्वले हामी बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

जाडो सकिएर गर्मी मौसम सुरु भएसँगै मानिस, जीवजन्तु तथा पशुपंक्षीहरू उँधोबाट उँभोतिर बसाइँ सर्ने समयमा वैशाख शुक्ल पूर्णिमाको दिन किराँत समुदायद्वारा मनाइने उभौली पर्वको अवसरमा लगाइएको अन्नबाली सप्रियोस्, खडेरी, बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिहरू नआउन् भनी प्रकृति र पितृको पूजा गर्ने विशिष्ट परम्परा रहेको छ । रासस