२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय एकता सुदृढ गर्न टेवा पुग्नेछः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभौली पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यसप्रकारका पर्वहरूका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ गर्न टेवा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

उहाँले प्राकृतिक ऋतुचक्रसँग एकाकार भएर जीवन निर्वाह गर्न अभ्यस्त किराँत समुदायको उभौली पर्वले मानव र प्रकृति बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, “ उभौली पर्वले हामी बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

जाडो सकिएर गर्मी मौसम सुरु भएसँगै मानिस, जीवजन्तु तथा पशुपंक्षीहरू उँधोबाट उँभोतिर बसाइँ सर्ने समयमा वैशाख शुक्ल पूर्णिमाको दिन किराँत समुदायद्वारा मनाइने उभौली पर्वको अवसरमा लगाइएको अन्नबाली सप्रियोस्, खडेरी, बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिहरू नआउन् भनी प्रकृति र पितृको पूजा गर्ने विशिष्ट परम्परा रहेको छ । रासस