११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी

व्यवसायी कँडेल मृत्यु प्रकरणः निजी क्षेत्रद्वारा शान्तिपूर्ण प्रदर्शन

व्यवसायी कँडेल मृत्यु प्रकरणः निजी क्षेत्रद्वारा शान्तिपूर्ण प्रदर्शन
अ अ+ अ-

चितवन । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी दिइएका व्यक्तिलाई पक्राउ गर्नका लागि जिल्लाका निजी क्षेत्रहरूले दबाबस्वरूप शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवनसहितका निजी क्षेत्रको अगुवाइमा आज जिल्ला प्रहरी कार्यालय चितवन अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि दबाबमूलक धर्ना कार्यक्रम गरिएको हो ।

मङ्गलबार साँझ आफ्नै कार्यालयमा आत्महत्या गरेको अवस्थामा फेला पर्नुभएका कँडेलको परिवारले कम्पनीको ८५ प्रतिशत सेयर खरिद गरेका प्रदीप रुङ्गाटा र कार्यालयकै लेखा प्रमुख जीवन रावलका कारण आत्महत्या गर्नुपरेको भन्दै किटानी जाहेरी दिएका थिए ।

मृत भेटिएको ३६ घण्टासम्म पनि प्रहरीले आरोपीलाई समाउन नसकेको भन्दै निजी क्षेत्रले शान्तिपूर्ण प्रदर्शन गरेको हो । प्रदर्शनीका क्रममा चौबीसकोठी र हाकिमचोकमा केही समय चक्काजामसमेत गरिएको थियो ।

नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहनुभएका कँडेल जिल्लामा परिचित व्यक्ति हुनुहुन्थ्यो । उहाँको मृत्युको विषयलाई लिएर नेपाली कांग्रेस चितवनले शुक्रबार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रमसमेत तय गरेको छ । दोषी भनिएकाहरूलाई पक्राउ गरी तत्काल अनुसन्धान सुरु गर्नका लागि जिल्लाका व्यवसायी एवं नेपाली कांग्रेस चितवनले दबाबपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस