२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायी कँडेल मृत्यु प्रकरणः निजी क्षेत्रद्वारा शान्तिपूर्ण प्रदर्शन



अ+ अ-

चितवन । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी दिइएका व्यक्तिलाई पक्राउ गर्नका लागि जिल्लाका निजी क्षेत्रहरूले दबाबस्वरूप शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवनसहितका निजी क्षेत्रको अगुवाइमा आज जिल्ला प्रहरी कार्यालय चितवन अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि दबाबमूलक धर्ना कार्यक्रम गरिएको हो ।

मङ्गलबार साँझ आफ्नै कार्यालयमा आत्महत्या गरेको अवस्थामा फेला पर्नुभएका कँडेलको परिवारले कम्पनीको ८५ प्रतिशत सेयर खरिद गरेका प्रदीप रुङ्गाटा र कार्यालयकै लेखा प्रमुख जीवन रावलका कारण आत्महत्या गर्नुपरेको भन्दै किटानी जाहेरी दिएका थिए ।

मृत भेटिएको ३६ घण्टासम्म पनि प्रहरीले आरोपीलाई समाउन नसकेको भन्दै निजी क्षेत्रले शान्तिपूर्ण प्रदर्शन गरेको हो । प्रदर्शनीका क्रममा चौबीसकोठी र हाकिमचोकमा केही समय चक्काजामसमेत गरिएको थियो ।

नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहनुभएका कँडेल जिल्लामा परिचित व्यक्ति हुनुहुन्थ्यो । उहाँको मृत्युको विषयलाई लिएर नेपाली कांग्रेस चितवनले शुक्रबार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रमसमेत तय गरेको छ । दोषी भनिएकाहरूलाई पक्राउ गरी तत्काल अनुसन्धान सुरु गर्नका लागि जिल्लाका व्यवसायी एवं नेपाली कांग्रेस चितवनले दबाबपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस