६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय चुस्त र दुरुस्त बनाउने मेरो पहिलो प्राथमिकताः मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । नवनियुक्त कानून, न्याया तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले कुनैपनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्नेकुरा निकालेर मात्रै अघि बढ्ने बताउनु भयो । उहाँले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताउनु भयो । उहाँले न्याय चुस्त र दुरुस्त बनाएर अघि बढ्नेकुरा पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । उहाँले कुनैपनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि कुरामा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिनेछ । कुनैपनि योजना अघि बढाउँदा कति लगानी, लागत, किस्ताबन्दीमा कति के भन्नेकुरा निकालिनेछ । सुशासन, न्याय ढिला हुनेकुरामा प्राथमिकता हुनेछ, त्यसको अन्त्यका लागि प्रयास हुनेछ, म यसमा चुस्त र दुरुस्त बनाएर अघि बढुनेछु । कानून बमोजिम सबै चल्नुपर्छ, कानूनभन्दा माथि कोही पनि हुँदैन। त्यही ढंगबाट अघि बढ्न सबैको सहयोग हुने विश्वास छ, त्यही अनुसार म काम गर्नेछु । कुनैपनि क्षेत्रको भ्रष्टाचारको सन्दर्भमा कसैलाई छुट हुँदैन । अदालतलाई निष्पक्ष, स्वतन्त्र, छिटो, छरितो चुस्त दुरुस्त बनाउनेछु ।’

कानूनमन्त्री गुरुङले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गर्नुभएको थियो ।