• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

भुटानी शरणार्थी प्रकरणलाई राजनीतिकरण गर्नुहुँदैन– उपमहासचिव रिमाल



file

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणलाई राजनीतिकरण गर्न नहुने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले भुटानी शरणार्थी प्रकरण होस् वा अन्य कुनै पनि प्रकरणमा कानूनभन्दा माथि कोही नहुने भन्दै कानूनको पालना सबैले गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

यस्ता प्रकरणमा कसैलाई पनि उन्मुक्ति हुनुहुन्न भन्दै उहाँले भन्नुभएको छ, “निर्दोष नफसुन्, कोही दोषी नउम्किउन्। छानबीन हुनुपर्छ, छानबीनमा सबैले सहयोग गर्नुपर्छ।”