• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

टोपबहादुर रायमाझीलाई खोजी गरिरहेका छौंँ–काठमाडौं प्रहरी प्रमुख कार्की



फाईल फोटो

काठमाडौँ । काठमाडौँ प्रहरी प्रमुख दानबहादुर कार्कीले नेकपा (एमाले) का सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको बताउनुभएको छ ।

नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा लाखौँ असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उहाँको खोजी थालेको हो ।

काठमाडौँमा बुधबार पक्राउ पूर्जी जारी हुँदा उहाँ अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा सभामुख देवराज घिमिरे पनि सहभागी हुनुहुन्थ्यो ।

रायमाझी राति ९ बजे घिमिरेसँगै भैरवहा विमानस्थलबाट काठमाडौँ फर्कने तयारीमा हुनुहुन्थ्यो । तर पक्राउ पर्न सक्ने डरले उहाँले स्थलमार्गबाट काठमाडौँ आउने तयारी गर्नुभएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी कार्कीले उहाँको खोजी भइरहेको बताउनुभएको छ । उहाँका अनुसार हालसम्म रायमाझी पक्राउ पर्नुभएको छैन ।

रायमाझीको नक्कली शरणार्थी बनाउने गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग निकट सम्बन्ध देखिएको बताइएको छ । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उहाँको निजी सहायक थिए । भण्डारी ललितपुरका व्यवसायी हुन् ।

उनीहरुले रायमाझीलाई विभिन्न स्थानमा घुमाउनेदेखि उहाँका छोरा सन्दीपको नाममा डेढ करोड रुपैयाँको चेकसमेत काटिदिएका थिए । छोरा सन्दीपलाई पनि प्रहरीले गएराति नै बुटवलबाट पक्राउ गरेर अदालतमा उपस्थित गराइसकेको छ ।