• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   भोटेकोशीको ढलानमा पुरिएका दुई मजदुरको शव फेला ★   वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान ★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर

आइपीएलः अन्तिमबाट तेस्रो स्थानको लागि कोलकाता र हैदरावाद भिड्दै



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को ४७ औँ खेलमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्दैछन् । हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकाको ७ः४५ बजेबाट सुरु हुनेछ ।

आज यी यो टोलीले यस सिजनमा दोस्रो पटक भेट गर्दैछन्। पहिलो खेलमा हैदरावादका ह्यारी ब्रुकले कोलकाताविरुद्ध २२८ रनको उच्चतम स्कोर बनाउन अपराजित शतक प्रहार गरेका थिए । उक्त खेलमा कोलकाता २३ रनले पराजित भएको थियो ।

कोलकाता नौ खेलमा तीन जित र छ खेलमा हारका साथ अंकतालिकाको आठौं स्थानमा छ । यस्तै, हैदरावाद आठ खेलमा तीनमा जित र पाँचमा हारसहित तालिकाको नबौ स्थानमा रहेको छ । आज यी दुई टोलिले अन्तिमबाट तेस्रो यानिकि आठौ स्थानको लागि भिडन्त गर्नेछन् । तालिकाको अन्तिम तथा दशौ स्थानमा भने दिल्ली क्यापिटल्स रहेको छ ।

कोलकाता आफ्नो अन्तिम खेलमा गुजरात टाइटन्ससँग ७ विकेटले पराजित भएको थियो भने हैदरावादले अन्तिम खेलमा दिल्लीलाई हराएको थियो ।

सनराइजर्स हैदरावादको सम्भावित प्लेईङ –११ः

अभिषेक शर्मा, मयंक अग्रवाल, राहुल त्रिपाठी, एडेन मार्कराम (कप्तान), ह्यारी ब्रुक, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, मार्को जेन्सेन, भुवनेश्वर कुमार, मयंक मार्कंडे, उमरान मलिक ।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेईङ –११ः
जेसन रोय, रहमानउल्लाह गुरबाज(विकेटकिपर), वेंकटेश अय्यर, नितिश राणा (कप्तान), आन्द्रे रसेल, रिंकु सिंह, शार्दुल ठाकुर, सुनील नारायण, हर्षित राणा, वरुण चक्रवर्ती, सुयश शर्मा ।

हेड–टू–हेडः
आइपीएलमा हालसम्म यि दुई टोलिबिच कोलकाता नाइट राइडर्स बलियो रहेको छ । यि दुईबिच भएको २४ खेलहरुमा कोलकाताले १४ खेल जितेको छ भने हैदरावादले ९ खेलमा जित हात पारेको छ ।