२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री बेलायत प्रस्थान



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान गर्नुभएको छ ।

मन्त्री साउदसँगै पत्नी ज्योत्सना र स्वकीय सचिव जोशी पनि बेलायत प्रस्थान गर्नुभएको छ।

बुधबारको मन्त्रिपरिषदले परराष्ट्र मन्त्री साउद बेलायत जाने कार्यक्रम स्वीकृत गरेको थियो।

परराष्ट्र मन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्किने कार्यक्रम छ।

राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भए पनि स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउने निर्णय गरेको हो ।

यही वैशाख २३ गते लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा हुने बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा हुनेछ ।