५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री बेलायत प्रस्थान



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान गर्नुभएको छ ।

मन्त्री साउदसँगै पत्नी ज्योत्सना र स्वकीय सचिव जोशी पनि बेलायत प्रस्थान गर्नुभएको छ।

बुधबारको मन्त्रिपरिषदले परराष्ट्र मन्त्री साउद बेलायत जाने कार्यक्रम स्वीकृत गरेको थियो।

परराष्ट्र मन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्किने कार्यक्रम छ।

राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भए पनि स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउने निर्णय गरेको हो ।

यही वैशाख २३ गते लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा हुने बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा हुनेछ ।