२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा खानेपानी वितरणको तालिकामा फेरबदल, कुन ठाउँमा कति दिन ?



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको छ । मेलम्ची परियोजनाबाट अबको २ महिना पानी नआउने भएपछि उपत्यकामा खानेपानी वितरणको तालिका फेरिएको हो ।

यससँगै उपत्यकाका विभिन्न स्थानमा आउने खानेपानीको समय परिवर्तन भएको छ । जसबाट सबैभन्दा बढी प्रभाव ललितपुरको सानेपा, कुपन्डोल क्षेत्रमा पर्ने देखिएको छ । 

ललितपुरको सानेपा, कुपन्डोल, मंगलबजार क्षेत्रमा अब १२ दिनमा एकपटक मात्रै खानेपानी वितरण हुने लिमिटेडले जनाएको छ । एक सूचना प्रकाशित गर्दै केयुकेएलले वितरण तालिकामा फेरबदल गरेको हो । 

अबको २ महिनाका लागि सार्वजनिक भएको तालिका अनुसार कीर्तिपुरमा सबैभन्दा धेरै २ दिन बिराएर खानेपानी वितरण हुने उल्लेख छ । यस्तै विभिन्न स्थानमा ४ दिन, ५ दिन, ७ दिन र ९ दिनको अन्तरमा खानेपानी वितरण हुने सूचनामा उल्लेख छ ।