३१ जेष्ठ २०८३, आईतवार
,
Latest
असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसको दाबी : पुटिनको हत्या गर्न ड्रोनमार्फत गरियो प्रयास



अ+ अ-

एजेन्सी । रुसले युक्रेनमाथि क्रेमलिनमा राति ड्रोनमार्फत दुई वटा आक्रमणको प्रयास भएको बताएको छ । रुसी अधिकारीहरुले यो आक्रमणलाई युक्रेनले गरेको र राष्ट्रपति भलाद्मिर पुटिनको ज्यान लिने प्रयास अन्तर्गत भएको दाबी गरेका छन् ।

रुसले यसलाई चरमपन्थी कारबाही भनेको छ । यो घटनाबारे हालसम्म स्वतन्त्ररुपमा भने पुष्टि भएको छैन । तर यसबारेमा युक्रेनले भने अस्वीकार गरेको छ । युक्रेनका राष्ट्रपति भोलोद्मिर जेलेन्सकीका प्रवक्ताले युक्रेन यतिबेला रुसले कब्जा गरेको आफ्नो भूमि लिनमा मात्रै केन्द्रित भएको बताएका छन् । युक्रेनी अधिकारीहरुले रुसले यो घटनाको जिम्मेवारी युक्रेनमाथि देखाएर ठूलो आक्रमणको प्रयास गरेको हुनसक्ने बताएका छन् ।

रुसले क्रेमलिनलाई निशाना बनाएर गरिएका ती दुई आक्रमणलाई इलेक्ट्रोनिक रडारका माध्यमबाट निष्क्रिय पारिएको छ । क्रेमलिनले भनेको छ, ‘गए राति युक्रेनले क्रेमलिनस्थित रुसी राष्ट्रपतिको निवासमाथि मानवरहित ड्रोन आक्रमणको प्रयास गरेको छ ।’