२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नई र लखनउको खेल वर्षाले अवरुद्ध हुँदा पञ्जावविरुद्ध मुम्बईले निकाल्यो जीत



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार भएका दुई खेलमध्ये पहिलो खेलमा चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्टबीचको खेलमा वर्षाका कारण अवरुद्ध भएको छ ।

पहिले ब्याटिङ गरेको लखनउले १९.२ ओभरमा ७ विकेटको क्षतिमा १२५ रन बनाउँदा वर्षाका कारण अवरुद्ध भएको थियो । लखनउको सुरुवआत खराब रहे पनि आयुष बडोनीले ३२ बलमा चार छक्का र दुई चौका प्रहार गरी ५९ रन बनाए । साथै निकोलस पुरनले २० रन बनाएका थिए । त्यसपछि वर्षा भयो र खेल अबरुद्ध हुँदा दुवै टोलीले समान एक एक अंक बाँडेका छन् ।

साथै हिजो भएको दोस्रो खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ । लियाम लिविङस्टनको ८२ रनको सहयोगमा २१४ रन बनाएको पञ्जाबलाई पराजित गर्नमा मुम्बईका लागि इशान किसनले ७५, सूर्यकुमार यादवले ६६ रनको योगदान दिए । मुम्बईको सुरुवात भने राम्रो भएन । कप्तान रोहित शर्मा शुन्य रनमा आउट भए पनि अन्य ब्याटरले इनिङ्स सम्हालेका थिए । खेलमा तिलक बर्माले २६ र क्यामेरोन ग्रीनले २३ रन बनाए ।