५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नई र लखनउको खेल वर्षाले अवरुद्ध हुँदा पञ्जावविरुद्ध मुम्बईले निकाल्यो जीत



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार भएका दुई खेलमध्ये पहिलो खेलमा चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्टबीचको खेलमा वर्षाका कारण अवरुद्ध भएको छ ।

पहिले ब्याटिङ गरेको लखनउले १९.२ ओभरमा ७ विकेटको क्षतिमा १२५ रन बनाउँदा वर्षाका कारण अवरुद्ध भएको थियो । लखनउको सुरुवआत खराब रहे पनि आयुष बडोनीले ३२ बलमा चार छक्का र दुई चौका प्रहार गरी ५९ रन बनाए । साथै निकोलस पुरनले २० रन बनाएका थिए । त्यसपछि वर्षा भयो र खेल अबरुद्ध हुँदा दुवै टोलीले समान एक एक अंक बाँडेका छन् ।

साथै हिजो भएको दोस्रो खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ । लियाम लिविङस्टनको ८२ रनको सहयोगमा २१४ रन बनाएको पञ्जाबलाई पराजित गर्नमा मुम्बईका लागि इशान किसनले ७५, सूर्यकुमार यादवले ६६ रनको योगदान दिए । मुम्बईको सुरुवात भने राम्रो भएन । कप्तान रोहित शर्मा शुन्य रनमा आउट भए पनि अन्य ब्याटरले इनिङ्स सम्हालेका थिए । खेलमा तिलक बर्माले २६ र क्यामेरोन ग्रीनले २३ रन बनाए ।