• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी



फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्ता गठबन्धन दलहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकारमा रहेका शीर्ष नेताहरूबीच छलफल चलिरहेको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

बैठकमा सरकारलाई समर्थन गर्ने दलहरूलाई सरकारमा ल्याउने विषयमा छलफल हुने बताइएको छ । सरकारलाई समर्थन गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई मन्त्रिपरिषद्‌मा सहभागी गराउनेबारे प्रधानमन्त्री दाहालले सत्तारुढ दलहरूसँग छलफल थाल्नुभएको हो ।

रास्वपाले सरकारमा सहभागी हुने कि प्रतिपक्षमा जाने भनी निर्णय गर्न आगामी शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

सरकारमा हाल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी सहभागी छन् । रास्वपा, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायतले सरकारलाई समर्थन दिएका छन् ।