२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्ता गठबन्धन दलहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकारमा रहेका शीर्ष नेताहरूबीच छलफल चलिरहेको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

बैठकमा सरकारलाई समर्थन गर्ने दलहरूलाई सरकारमा ल्याउने विषयमा छलफल हुने बताइएको छ । सरकारलाई समर्थन गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई मन्त्रिपरिषद्‌मा सहभागी गराउनेबारे प्रधानमन्त्री दाहालले सत्तारुढ दलहरूसँग छलफल थाल्नुभएको हो ।

रास्वपाले सरकारमा सहभागी हुने कि प्रतिपक्षमा जाने भनी निर्णय गर्न आगामी शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

सरकारमा हाल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी सहभागी छन् । रास्वपा, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायतले सरकारलाई समर्थन दिएका छन् ।