५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली मुक्केबाज भुपेन्द्र थापा जर्मनीका गोक्दुमान देवरामसंग प्रतिस्पर्धा हार



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबिएको आयोजनामा उज्वेकिस्तानको राजधानी तास्कान शहरमा २०२३ को अप्रिल ३० देखि मे १४ तारिख सम्म हुन गईरहेको आईबिए मेन्स विश्व बक्सिङ्ग च्याम्पियनसिपमा नेपाली मुक्केबाज भुपेन्द्र थापाले जर्मनीका गोक्दुमान देवरामसंग ४:१ अंकको आधारमा प्रतिस्पर्धा हार बेहोरेका छन् ।

नेपाली मुक्केबाज थापाले ६०-६३.५ किलो तौल समुहमा जर्मनीका मुक्बेबाज जर्मनीका गोक्दुमान देवरामसंग मे ०२ तारिखमा नेपाली समय अनुसार दिउँसो १ बजे राउण्ड ६४ अन्तर्गत सेसन २ ‘ए’को पाँचौ नम्बर बाउट ४६ प्रतिस्पर्धा गरेका थिए । थापा १३ औं सागका स्वर्ण पदक विजिता खेलाडी हुन् ।

जर्मनी मुक्केबाजसंग राम्रो खेल प्रदर्शन गर्दै ४:१ (स्प्लिट) अंकमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेले जानकारी दिएका छन् ।

४८ केजी तौल समुहमा प्रतिस्पर्धा गर्न नेपाली मुक्केबाज रविन थापा पनि सो स्थानमा पुगिसकेकाछन् । रविन थापाले उज्वेकिस्तानी बक्सरसंग मे ४ तारिखमा प्रतिस्पर्धा गर्ने छन् । थापा सहित नेपाली टोलीका प्रशिक्षक निवर्तमान मुख्य प्रशिक्षक प्रकाश थापामगर र सुजित पुन मगरलाई गत अप्रिल २८ तारिखमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले सहिको टोलीले विदाई गरेका थिए ।