• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

आँधिखोला ट्रक दुर्घटनाः तीन जनाको मृत्यु



दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते भएका बन्दिपुर गाउँपालिका वडा नं १ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले बताए । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट सडक छेउ बसेका विद्यार्थी र घरमा रहेका समेत गरी एघारजना घाइते भएका थिए ।

दुर्घटनामा वर्ष १० कि जस्मिन भुजेल, वर्ष १० का ईश्वर भुजेल, वर्ष ८का समिर भुजेल र वर्षका सन्तोष भुजेल घाईते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटना स्थलको अवस्था अत्यन्त तनावग्रस्त रहेकोले धेरै सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।