२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँधिखोला ट्रक दुर्घटनाः तीन जनाको मृत्यु



अ+ अ-

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते भएका बन्दिपुर गाउँपालिका वडा नं १ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले बताए । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट सडक छेउ बसेका विद्यार्थी र घरमा रहेका समेत गरी एघारजना घाइते भएका थिए ।

दुर्घटनामा वर्ष १० कि जस्मिन भुजेल, वर्ष १० का ईश्वर भुजेल, वर्ष ८का समिर भुजेल र वर्षका सन्तोष भुजेल घाईते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटना स्थलको अवस्था अत्यन्त तनावग्रस्त रहेकोले धेरै सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।