५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ अफिसमा काम गर्दा पनि आफूलाई फिट्नेस राख्ने तरिका, हेर्नुहोस्



अ+ अ-

काठमाडौँ । महिलाहरु व्यस्तताको कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्दे आइरहेका छन् । उनीहरु घरबाट बहिर अफिसमा होस् वा विभिन्न व्यवसायहरुमा काम गरिरहेका हुन्छन् ।

काममा व्यस्त हुँदा महिलाहरु स्वास्थ्यको ख्याल राख्ने काममा ध्यान पुर्‍याउन सकिरहेका हुँदैनन् । कतिपय महिलामा मोटोपनको समस्या देखिएको छ ।

आफूलाई फिट र स्वस्थ राख्नको लागि विभिन्न उपायहरु छन् । तलका उपायलाई दैनिक दिनचर्याका रुपमा आफैले प्रयोग गर्न सकिन्छ । विज्ञहरुले स्वास्थ्यको स्याहारका लागि निम्न टिप्सहरु दिएका छन् :

  • यदि तपाइँको अफिस माथिल्लो तल्लामा छ भने त्यहाँ जानको लागि लिफ्टको प्रयोग नगरी सिँढी चढेर जानु उत्तम हुन्छ यसले तपाइँको फिटनेस कायमै रहन्छ ।
  • अत्याधिक मात्रामा पानी पिउनु पर्छ । काम गर्दा धेरै व्यक्तिहरु चिया(कफि वा चिसो पेय पदार्थ लिने गर्दछन् यसले शरीरलाई हानी गर्दछ । कम्तिमा दिनभर १० गिलास पानी पिउनुपर्छ यसले शरीरमा पानीको मात्रा पुरा गर्दछ । मौसम अनुसार फलफूलको रसहरु पनि लिन सकिन्छ ।
  • सामान्यतया अफिसमा कम्प्युटरमा काम गर्दा एकै ठाँउमा लामो समयसम्म बसिरहनु हुँदैन। बेला-बेलामा कुर्सीबाट उठ्नुहोस र हिँड्नुहोस । अफिसमा अर्को सेक्सनमा बस्ने व्यक्तिलाई कल गर्न पठाउनुको सट्टा आफै जानुहोस र कुरा गर्नुहोस । यसले तपाइँ हिँड्न सक्षम हुनुहुनेछ र स्वास्थ्यको लागि पनि फाइदा हुनेछ ।
  • कतिपय मानिस काममा व्यस्त हुन्छन् । उनीहरुले खानेकुरामा ध्यान दिँदैनन् । खानामा भारी खाना लिनुभन्दा सन्तुलित भोजन लिनु राम्रो हुन्छ । मसलादर खानाको सट्टा आफुलाई प्रोटिन, भिटामिन, कार्बोहाइड्रेट र फाइबरयुक्त खानुपर्दछ । खाजामा रोटी, तरकारी, दही, सलाद आदि लिँदा स्वास्थ्यलाई फाइदा हुन्छ । अफिसमा काम गर्दा भोक लागेको अवस्थामा बदाम, पपकर्न, ड्राईफुड जस्ता खाने कुरा खाँदा राम्रो हुन्छ । घरमा होस वा अफिसमा केही समय छुट्याएर आफुलाई फिट राखेर स्वास्थ्यको हेरचाह गर्न सकिन्छ ।