• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने ★   इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय: राष्ट्रपति ★   विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी ★   १६७ रुपैयाँमै घर !

साकेलामा गायनतर्फ दियाली र नृत्यतर्फ राई प्रथम



खोटाङ । खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् ।

गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले उक्त प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका दशवटै पालिकामा प्रतिभा खोजी अभियानअन्तर्गत मङ्गलबार साकेलामा फाइनल अडिसनमार्फत गायन र नृत्य विद्याको उत्कृष्ट तीन–तीन प्रतिभा छनोट गरिएका थिए । गायनतर्फ जुनु राई द्वितीय र राइसर राई तृतीय भएका आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिनुभयो ।

यसैगरी नृत्यतर्फ सुजता भुजेल द्वितीय र स्मारिका राई तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । विजेता तथा सहभागीलाई आयोजक संस्थाका अध्यक्ष राई, साकेला गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले पुरस्कार प्रदान गर्नुभयो ।

‘नयाँ प्रतिभालाई प्रोत्साहन, पूराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सु–संस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ नारासहित जिल्लाका १० वटै स्थानीय तहमा प्रतिभा छनोट कार्यक्रम गरिएको हो । स्थानीय तहबाट छनोट भएका प्रतिभालाई जिल्लाव्यापी प्रतियोगितामा सहभागी गराएर ‘खोटाङ प्रतिभा–२०८०’ छनोट गरिने आयोजकले जनाएको छ ।रासस