२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड सोसिडाडसँग २–० ले पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिड पराजित भएको छ । गएराति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग २–० गोलले स्तब्ध बनेको हो ।

सोसिडाडलाई घरेलु मैदानमा जित दिलाउन खेलको ४७ औं मिनेटमा टाकेफुसा कुबोले तथा ८५ औं मिनेटमा एन्डर बारेनेट्क्सियाले गोल गरे । खेलको ६१ औं मिनेटमा डानी कार्भाहालले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजासँगै मड्रिड ३३ खेलबाट ६८ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहँदा सोसिडाड समान खेलबाट ६१ अंकका साथ चौंथो स्थानमा रहेको छ ।