१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट

कांग्रेस २० वर्ष चुनाव हार्न तयार छ ?

कांग्रेस २० वर्ष चुनाव हार्न तयार छ ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । ‘नेपाली कांंग्रेस २० वर्षसम्म हारे हार्छ, अब कुनै दलसँग पनि चुनावअघि गठबन्धन गर्दैनौँ’, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्ति हो यो । अब आफ्नो दलका मतदातालाई अन्य पार्टीको चिह्नमा भोट हाल्न नलगाउने पनि उहाँले बताउनुभयो ।

कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयका विषयमा सहमति जुट्न नसक्दा पुष्पकमल दाहाल नेतृत्वको सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । कांग्रेसका सबै सांसद मन्त्री बन्न लालायित छन् ।

अझ महामन्त्री थापा आबद्ध गुटमा सरकारमा सहभागी हुने तीव्र मतभेद बढ्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाहाल नेतृत्वको सरकारमा सहभागी हुने विषयले कांग्रेसबाट मन्त्री थपिने विषय अन्योलमा परेको छ । यसले कांग्रेसभित्रको असन्तुष्टि थप बढ्ने देखिएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि संघदेखि प्रदेशसम्मका सरकार गुमेपछि पार्टी संगठन गर्न लाग्नुको साटो एकअर्काप्रति आरोपप्रत्यारोपमा कांग्रेस नेताहरू खनिएका थिए । छोटो समयमै कांग्रेस संघदेखि प्रदेशसम्मका सरकारमा फर्केको छ । सत्तामा फर्किएको कांग्रेसका नेताको ध्यान र रुचि संगठन सुधारतर्फ नदेखिएको गुनासो कार्यकर्तामा भएको समाचार आजको नागरिक दैनिकमा छ ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डे पार्टी संगठन सुधारमा लाग्नुको विकल्प नभएको बताउँहुन्छ । पार्टीका नेता तथा कार्यकर्ताको मनोभावना अनुसार कांग्रेसलाई रूपान्तरण गर्दै जानुपर्नेमा जोड दिँदै पाण्डेले तल्लो तहका नेता तथा कार्यकर्ताको चाहना चुनावमा अन्य दलसँग मिलेर होइन, एक्लै प्रतिस्पर्धा गर्नुपर्ने रहेको बताउनुभयो ।

‘तल्लो तहको सेन्टिमेन्ट चुनावमा मिलेर होइन, एक्लै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने छ’, पाण्डेले भन्नुभयो, ‘यो पनि समीक्षाको विषय हो तर अहिले नै छिनोफानो गर्नुपर्ने कुरा होइन ।’ पार्टी संगठनलाई मजबुत बनाउने अहिलेको आवश्यकता भएको बताउँदै उहाँले भन्नुभयो, ‘चुनावी तालमेल गर्ने कि नगर्ने, गरे कोसँग गर्ने भन्ने उपयुक्त समयमा निर्णय लिने विषय हो ।’