२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव



अ+ अ-

काठमाडौँ । आम निर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्नुभएको आजको राजधानी दैनिकले लेखेको छ ।

एमाले रास्वपा, जसपा, जनमतसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्ति हुनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ११ पुसमा प्रधानमन्त्रीको शपथ लिनुभएको थियो । तर अहिले एमालेसँग सहकार्य तोडेर प्रचण्ड नेपाली कांंग्रेस, नेकपा (एकीकृत समजवादी)सहितका दलसँग नयाँ गठबन्धन गरेपछि एमाले संघीय र प्रदेश सरकारबाट बाहिरिएको छ । सोही क्रममा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको हो ।

एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि रास्वपा अध्यक्ष लामिछाने मगलबार जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत सरकारसँग असन्तुष्ट छ । एमाले, रास्वपा, जनमत, जसपासहितको दलसँग मिलेर नयाँ गठबन्धन बनाउने र सरकारको नेतृत्व गर्नेबारे लामिछानेले छलफल अगाडि बढाउनुभएको हो ।

रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्यालले एमालेबाट आएको प्रस्तावअनुसार अन्य दलसँग छलफल भइरहेको बताउनुभयो । अहिले नै अन्तिम निष्कर्षमा पुगिनसकेको बताउँदै उहाँले थप निर्णय पार्टीको बैठकबा हुने बताउनुभयो । ‘राजनीति सम्भावनाको खेल हो, जे पनि हुनसक्छ । तर एमालेले गरेको प्रस्ताव कत्तिको विश्वास गर्न सकिन्छ हेरौँ’, न छलफल भइरहेको छ, ‘अन्तिम निर्णय त पार्टीको केन्द्रीय समितिले गरेअनुसार नै हुने हो’, उहाँले भन्नुभयो ।

सभापति लामिछाने अब जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट्न तयारीमा हुनुहुन्छ । तर उहाँहरुबीच भेट्ने समयतालिका भने मिलेको छैन । जनमत पार्टीका नेता विपी साहले दुई नेताबीच पछिल्लो राजनीतिक अवस्था, सरकारलगायतका विषयमा छलफल भएको बताउनुभयो ।