६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो जिन्दगीले कहाँ लैजाने छ थाहा छैन: सन्दीप लामिछाने



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने क्रिकेटको यात्रामा धेरै सपनाहरु मध्ये एउटा सपना पूरा भएको जनाएका छन् ।

एसिसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भए पछि सामाजिक संञ्जालमा लामिछानेले लेखेका छन्- यो जिन्दगीले कहाँ लैजाने छ थाहा छैन, तर यो साथ र यो मायाको लागि हृदयदेखी धन्यबाद।

एसीसी प्रिमियर कपमा नेपालका स्पिनर सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी बनेका छन् । प्रतियोगितामा नेपालको लागि उत्कृष्ट बलिङ र ब्याटिङ गरेका सन्दीप ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका हुन् ।

प्रतियोगितामा सन्दीपले ५ खेलमा १३ विकेट लिएका छन् । उनी सबैभन्दा बढी विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो रहे । उनले ब्याटिङमा पनि जादु देखाउदै उनले समूहचरण खेलमा कतारविरुद्ध हारिसकेको म्याच नेपाललाई जिताएका थिए ।