५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो जिन्दगीले कहाँ लैजाने छ थाहा छैन: सन्दीप लामिछाने



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने क्रिकेटको यात्रामा धेरै सपनाहरु मध्ये एउटा सपना पूरा भएको जनाएका छन् ।

एसिसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भए पछि सामाजिक संञ्जालमा लामिछानेले लेखेका छन्- यो जिन्दगीले कहाँ लैजाने छ थाहा छैन, तर यो साथ र यो मायाको लागि हृदयदेखी धन्यबाद।

एसीसी प्रिमियर कपमा नेपालका स्पिनर सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी बनेका छन् । प्रतियोगितामा नेपालको लागि उत्कृष्ट बलिङ र ब्याटिङ गरेका सन्दीप ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका हुन् ।

प्रतियोगितामा सन्दीपले ५ खेलमा १३ विकेट लिएका छन् । उनी सबैभन्दा बढी विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो रहे । उनले ब्याटिङमा पनि जादु देखाउदै उनले समूहचरण खेलमा कतारविरुद्ध हारिसकेको म्याच नेपाललाई जिताएका थिए ।