६ भाद्र २०८३, शनिबार
,
Latest
कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिससँग जावलाखेल स्तब्ध, थ्रीस्टार र खुमलटारले अंक बाँडे



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ए डिभजिन लिग अन्तर्गत दोस्रो राउण्डको खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लव रेलिगेशन क्षेत्रको नेपाल पुलिससँग स्तब्ध भएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिससँग जावलाखेल २–१ गोल अन्तरले पराजित भएको हो । खराब नतिजाबाट पहिलो राउण्डको खेलमा गुज्रिरहेको पुलिसले दोस्रो राउण्डको पहिलो खेलमा भने उत्कृष्ट शुरुवात गरेको छ । पुलिसको जितमा दुवै गोल विदेशी खेलाडीले गरे भने मोसेस ग्याबाह र अहमद हिजाजीले एक÷एक गोल गरे । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काएका थिए ।

प्रतिष्पर्धात्मक बनेको खेलको ३५ औं मिनेटमा मोसेसले गोल गर्दै पुलिसलाई शुरुवाती अग्रता दिलाएका थिए । मोसेसले अजित भण्डारीको फ्रिकिकलाई हेडमार्फत जाली चुमाउन सफल भएका थिए । त्यसपछि दबाबमा परेको जावलाखेलले खेलमा फर्किन निकै प्रयास गरेपनि पहिलो हाफमा सफल हुन सकेन । गोलका लागि बारम्बार अगाडि बढेर खेलेको जावलाखेलले दोस्रो हाफमा पनि अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन । अगाडि बढेको मौकामा ८८ औं मिनेटमा अहमदले पुलिसको अग्रता दोब्बर बनाए । अहमदले मोहम्मद थ्रो बललाई नियन्त्रणमा लिँदै उकृष्ट गोल गरे ।

त्यसको एक मिनेट नबित्दै जावलाखेलका विपिनले गोल गर्दै अग्रता घटाए पनि बाँकी समयमा थप गोल गर्न सकेन र नतिजा पुसिललाई सुम्पियो । यससँगै लिगमा पुलिस चौथो जित निकालेको छ । जितसँगै पुलिसले १४ खेलमा १५ अंक जोडेर १० औं स्थानमा उक्लिएको छ । उता पराजित जावलाखेलले पनि जारी लिगमा चौथो हार भोगेको छ । जावलाखेल १४ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
लिग अन्तर्गत ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा थ्री स्टार क्लव र खुमलटार युथ क्लवले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

तेस्रो मिनेटमा थ्री स्टारले अग्रता लिएको थियो । लाकेन लिम्बूले गोल गर्दै थ्री स्टारलाई अग्रता दिएपछि पहिलो हाफको इन्जुरी समयमा खुमलटारका मेसुके ओलोमोउले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । दोस्रो हाफमा थप आक्रामक रणनीतिका साथ मैदान उत्रिएको थ्री स्टार हिलाम्मे मैदानमा सम्हालिएको प्रदर्शन गर्न सकेन । अगाडि बढडेको मौकामा खुमलटारले गोल गर्दै अग्रता उल्टाउन सफल भएको थियो । समिर विनोङले गोल गर्दै खुमलटारको अग्रता उल्टाएका थिए । तर ६७ औं मिनेटमा भने थ्री स्टारले पेनाल्टीबाट खेल बराबरीको अवस्थामा ल्याउन सफल भयो । आदित्य शाक्यले पेनाल्टीमा गोल गर्दै टोलीलाई हराबाट जोगाउन सफल भए ।

यससँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । १४ खेलबाट २३ अंक बनाएको थ्री स्टार तालिकाको दोस्रो स्थानमा यथावत रहँदा समान खेलबाट १४ अंक बनाएको खुमलटार तालिकाको पुछारमा झरेको छ ।




भर्खरै