२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली खेलाडीको प्रदर्शनमा म खुशी छुः मोन्टी देशाई



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षका मोन्टी देशाईले एसिसि मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एशिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताउनुभएको छ ।

मंगलवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सबिरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एशियाकपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनलाई प्रशंसा गर्दै सन्तुष्ट रहेको बताउनुभएको हो ।

मोन्टी देसाईले एशिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भएपनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आफू उत्साहित रहेको बताउनु भयो । प्रशिक्षक देसाईले एशिया कप सम्मको यात्रा तय गर्न निकै मेहनत गरेको र टोली सम्हालिसकेपछि टोलीका सदस्यहरुले प्रमाणित गर्न निकै मेहनत गरेको बताउनु भयो ।

भारतीय मुलका प्रशिक्षको देशाईको आगामन पछि नेपालले पछिल्लो समय ठूला प्रतियोगितामा राम्रो नतिजा निकालिरहेको छ । दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ । आइसिसी विश्वकप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्वकप छनोटमा पुगेको थियो भने धरासायी भएको नेपालको एक दिवसीयमा नेपालले रोमाञ्चक सफलता हात पारेको थियो ।