२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले विजेता नेपाली टिमका खेलाडीहरुलाई शुभकामना दिनुहुँदै आजको यो जितले नेपाल र नेपालीको शिर उचो बनाएको र क्रिकेट खेलप्रेमीहरुलाई खुसी तुल्याएको जनाउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि बढ्न सकोस् भनी कामना गर्नुभएको पनि उहाँको सचिवालयले जनाएको छ ।

आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आज सम्पन्न फाइनलमा युनाइेटड अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो । रासस




भर्खरै