१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी फाउन्डेसनद्वारा दुई पुरस्कारका लागि आवेदन खुला



अ+ अ-

काठमाडौँ । मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९’ र ‘मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार’ का लागि आवेदन खुला गरेको छ ।

दुवै पुरस्कारको राशि जनही रु १ लाख रहेको छ । जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका सन्दर्भमा आगामी असार १४ गते ती पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।

मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९ आधुनिक चिकित्सा प्रविधिको प्रयोगका माध्यमबाट नेपाली भूमिमा रही नयाँ र लाभदायी शल्यक्रिया प्रविधिको विकास, अंग प्रत्यारोपणका विशेष सेवाहरु (मुटु, कलेजोसँग सम्बन्धित समस्याहरु, जन्मजात अपांगताको उपचार र महिलाहरुको पाठेघर खस्ने जस्ता समस्याहरुको उपचार व्यवस्थापन) तथा अन्य जटिल र संवेदनशील क्षेत्रको उपचारमा योगदान पुर्याएको तथा सो सेवाको संस्थागत विकासका साथै देशका दुर्गम स्थान र समुदायकेन्द्रीत, गरिब, असहाय र सेवाबाट वञ्चित रहेका जनसंख्याको सहज स्वास्थ्य पहुँचका लागि विशेष भूमिका खेलेको व्यक्तित्वलाई प्रदान गरिने पनि फाउन्डेसनले उल्लेख गरेको छ ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्, नेपालद्वारा मान्यता प्राप्त खेलकुदका विविध विधा र क्षेत्रका गतिविधिहरुमा १० वर्षदेखि लगनशील र समर्पित ढंगले क्रियाशील रही सफलताहरुका मानकहरु कायम गरेर नयाँ पुस्ताका बीच खेल क्षेत्रको ज्ञान सीपको प्रचार तथा नेतृत्व हस्तान्तरणका माध्यमबाट नयाँ पुस्ता तयार गर्ने अभियानमा योगदान दिँदै समाज परिवर्तन र विकामा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वलाई मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिने छ ।

पुरस्कारका लागि उपयुक्त व्यक्ति वा संस्थाको छनोट मापदण्डका आधारमा उपयुक्त व्यक्तिले फाउन्डेसले उपलब्ध गराएको आवेदन फाराम भरी व्यक्ति स्वयमले आवेदन दिन सकिने जनाइएको छ ।

त्यस्तै पुरस्कारका लागि उपयुक्त व्यक्तिको सिफारिसका लागि सिफारिस गर्ने व्यक्ति वा संस्थाले पनि उपलब्ध गराइएको आवेदन फाराम भरी सिफारिस गरिदिन फाउन्डेसनले सबैलाई आह्वान गरेको छ ।

प्राप्त आवेदनहरुको आधारामा पुरस्कारको अन्तिम निर्णय सो प्रयोजनका लागि तोकिएको विज्ञहरुको समूहले गर्ने फाउन्डेसनले उल्लेख गरेको छ ।

फाउन्डेसनले आवेदन फाराम वेवसाइट www.mbf.org  मा उपलब्ध हुने र फाउन्डेसनको केन्द्रीय कार्यालय गौशाला काठमाडौँमा इमेलमार्फत [email protected] मा पठाउन सकिने जनाएको छ ।