• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

आईपीएल आजः दयनीय दिल्लीलाई जित आवश्यक, शीर्षस्थानको गुजरात अंक दुरी बढाउने दाउमा



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज गुजरात टाइटन्स (जीटी) र दिल्ली क्यापिटल्स (डीसी)बीच खेल हुँदैछ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे खेल सुरु हुनेछ ।

गुजरात १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने दिल्ली ६ हारसहित पुछारमा छ । दिल्लीले यस चरणबाट प्लेअफमा पुग्नका लागि सबै खेल जित्नुपर्नेछ भने गुजरातलाई प्लेअफमा पुग्न केवल २ जित आवश्यक छ ।

डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स प्रतियोगितामा अहिलेसम्म ८ मध्ये ६ खेल जितेर १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । टोलीले कोलकाता र राजस्थानसँग मात्र खेल हारेको छ । घरेलु मैदानमा दिल्लीविरुद्धको खेलमा जित दर्ता गरेर टोलीले पहिलो स्थानमा आफ्नो स्थिति बलियो बनाउन सक्छ ।

दिल्लीविरुद्धका ४ विदेशी खेलाडीमा राशिद खान, नूर अहमद, जोशुआ लिटल र डेभिड मिलर हुन सक्छन् । साई सुदर्शनले सिजनको अन्तिम खेलमा दिल्लीविरुद्ध अर्धशतक बनाएका थिए तर उनलाई छनोट गर्न कप्तान हार्दिक पाण्ड्याले विजय शंकर वा अभिनव मनोहरमध्ये एकलाई मैदानमा उतार्नुपर्नेछ ।

प्रतियोगितामा दिल्लीले लगातार ५ खेलमा हार बेहोरेको थियो तर त्यसपछि २ खेल जितेको थियो । हैदरावादविरुद्धको अन्तिम खेलमा मिचेल मार्सले ४ विकेट लिएर अर्धशतक बनाए पनि टोली ९ रनले पराजित भएको थियो । अब प्लेअफको दौडमा रहन दिल्लीले बाँकी ६ खेल जित्नुपर्नेछ । एक खेल पनि हार्दा टिमले बाँकी टिममा भर पर्नुपर्नेछ ।

गुजरातविरुद्धको टोलीका चार विदेशी खेलाडी कप्तान डेभिड वार्नर, मिचेल मार्स, एनरिच नोर्ट्या र फिलिप साल्ट हुन सक्छन् । टोलीले फेरि एकपटक प्रियम गर्गलाई अक्षर पटेलभन्दा माथि ब्याटिङ गर्न मौका दिएर मध्यक्रममा राख्न सक्छ ।

गुजरात टाइटन्स गत वर्ष मात्रै आईपीएलमा सामेल भएको थियो । त्यसपछि दुई टोलीबीच एक खेल भएको थियो, जुन टाइटन्सले जितेको थियो । यस सिजनमा पनि यी दुईबीच खेल भएको छ, जसमा दिल्ली पराजित भएको छ । यद्यपी दुबै टोली अहमदाबादमा पहिलो पटक आमनेसामने हुँदैछन् ।

नरेन्द्र मोदी स्टेडियमको पिच उच्च स्कोरिङ मानिन्छ । हालसम्म यहाँ भएका आईपीएल खेलहरूमा धेरै रन बनिसकेका छन् । मैदानमा औसत स्कोर १७९ रन छ । यहाँ पछिल्ला ५ वर्षमा ६६.६७% खेलहरू पछ्याउने टोलीले जितेका छन् । यस्तो अवस्थामा टस जितेर दुवै टोली पहिले बलिङ गर्न चाहन्छन् । मंगलबार अहमदाबादमा आंशिक बदली हुनेछ । दिउँसो पानी पर्ने सम्भावना रहे पनि रातिको मौसम सफा रहेको छ । साँझ ७ बजेपछि तापक्रम २९ देखि ३२ डिग्री सेल्सियससम्म रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), ऋद्धिमान साहा (विकेटकिपर), शुभमन गिल, विजय शंकर, डेभिड मिलर, अभिनव मनोहर, राहुल तेवाटिया, राशिद खान, जोशुआ लिटिल र मोहम्मद शामी ।

दिल्ली क्यापिटल्सः डेभिड वार्नर (कप्तान), फिलिप साल्ट (विकेटकिपर), मिचेल मार्स, मनिष पाण्डे, प्रियम गर्ग, ललित यादवररिप्पल पटेल, अक्षर पटेल, कुलदीप यादव, एनरिक नोर्त्या, इशान्त शर्मा र मुकेश कुमार ।