५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोरीको तेलले मालिस गर्दा बच्चाको हाड-जोर्नी बलियो बनाउँछ- अरुणा उप्रेती



अ+ अ-

अरुणा उप्रेती । घाममा राखेर तोरीको तेल लगाउने परम्परागत राम्रो चलन आजकल हराउँदै गएको छ। कति जनाले बच्चालाई तोरीको तेलले मालिस गर्नु हुँदैन भन्छन्। यो सल्लाह ठिक होइन भन्ने बुझे हुन्छ।

कुनै पनि स्वास्थ्यकर्मीले बच्चालाई तोरीको तेलले मालिस नगर्नु, बच्चालाई घाममा नराख्नु भनेर सिकाउँदैन। किनभने तेल लगाउनाले अर्थात् मालिसले हाड, जोर्नी बलियो बनाउँछ। तनाव पनि कम गराउँछ। व्यायाम पनि हुन्छ।

जाडोमा घाममा बसेर तेल लगाउनाले बच्चाले भिटामिन डी पनि पर्याप्त पाउँछ। अनेक थरीका पाउडर छोडेर स्वस्थकर तेल लगाउनु फाइदा हुन्छ। विदेशमा घाम नलाग्ने ठाउँमा बच्चालाई भिटामिन डी पुगोस् भनेर विशेष प्रकारको व्यवस्था गरिएको हुन्छ। नेपालमा भने सित्तैमा पाइने घाममा रहेको भिटामिन डी प्रयोग नगर्न सल्लाह दिइन्छ।

हामीहरू ६० वर्षका मान्छेहरू अहिले घाममा तेल लगाउँदैछौं। आफ्ना सन्तानलाई त्यसैगरी तोरीको तेल लगाएर हुर्कायौं। अहिले कति जनाले म त बेबी लोशन लगाउँछु मेरो बच्चालाई, तोरीको तेल त गनाउँछ भन्नुको अर्थ बजारको फन्दामा परेर आफ्नो बालबालिकाको स्वास्थ्य नराम्रो पार्नु हो।